नयाँ विकल्प
काठमाडाैं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा महासचिव विष्णु पौडेल नेतृत्वको ‘कार्यदल’ फेरि सक्रिय भएको छ । स्थायी कमिटी बैठकसँगै चर्किएको विवाद टुंगोमा पुर्याउने क्रममा यही कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको जिम्मेवारी निर्धारण गर्दै आगामी चैतमा एकताको महाधिवेशन गर्ने सुझाव पेस गरेको थियो ।
कार्यदलको सुझाव परिमार्जनसहित स्थायी कमिटी बैठकले १५ बुँदे निर्णय गरेपछि नेकपाको संकट टरेको मानिएको थियो । कात्तिक १५ मा अध्यक्षद्धय ओली र प्रचण्डबीच भएको भेटपछि पार्टीमा फेरि संकट गरिदिएको छ । त्यो भेटमा ओलीले सल्लाहमा अलग होऔं भन्ने प्रस्ताव राखेको प्रचण्डले बताएका छन् ।
प्रधानमन्त्री ओली पक्षले भने प्रचण्डले प्रधानमन्त्री पद मागेको दाबी गरेका छन् । पार्टीमा देखिएको संकटबारे छलफल गर्न प्रचण्डसहित बहुमत सचिवालय सदस्य -प्रचण्ड, झलनाथ खनाल, नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ) ले सचिवालय बैठकका लागि सहमति माग गर्दै ओलीलाई लिखित पत्र नै बुझाएका छन् ।
तर बैठक अझै तय भएको छैन । अहिले फेरि अध्यक्ष ओली तथा अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद चर्किएको छ । कार्यदलका सदस्यहरुसँग छुट्टा-छुट्टै कुराकानी गरेपछि महासचिव पौडेलले आज सोमबार संयुक्त छलफल राखेका छन् । कार्यदलका सदस्यहरुले आजै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर कुरा राख्ने तयारी गरेका छन् । अर्का अध्यक्ष प्रचण्डसँग भने भेट्ने समय तय भइसकेको छैन ।
कार्यदलमा नेकपाभित्र तीनै खेमा (ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल) का दुई/दुई जना सदस्य छन् । ओलीका तर्फबाट पौडेल र शंकर पोखरेल, प्रचण्डका तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल तथा नेपालका तर्फबाट भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन् ।
भदौ २६ को स्थायी कमिटी बैठकले गरेको निर्णय कार्यान्वयनमा दबाव दिन कार्यदल सक्रिय बनाइएको एक सदस्यले बताए । ओलीले आफ्नो कार्यक्षेत्र मिचिएको गुनासो गर्दै आएका छन् भने प्रचण्डले स्थायी कमिटी बैठकको निर्णय बिपरीत सरकारले निर्णय गरिरहेको आरोप लगाएका छन् ।
नयाँ विकल्पकाठमाडाैं- नेकपा प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेको भन्दै संसदीय दलको...
नयाँ विकल्प गुल्मी- रेसुङ्गा नगरपालिका–३ अन्तर्गत भाडगाउँमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको...
नयाँ बिकल्प, ललितपुर । बुधबार बिहान कलेज हिँडेकी एक छात्रालाई ललितपुरको बागडोलस्थित रिङरोडको सडक जेब्रा क्रसिङबाट पार गर्ने क्रममा एक...