नवलपरासी–प्रहरीले जुवातास खेल्ने सात जनालाई सोमबार साँझ पक्राउ गरेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मध्यविन्दु–२ शेरीस्थित नारायणजङ्घ कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले मध्यविन्दु–७ का ३० वर्षीय भवानीशङ्कर थनेत, ३१ वर्षीय कृष्ण कुमाल, मध्यविन्दु–१ का ४३ वर्षीय खोरबहादुर चौधरी, मध्यविन्दु–२ का ३७ वर्षीय सुनबहादुर आलेमगर, ५३ वर्षीय हेमलाल थनेत, ३३ वर्षीय उदय उप्रेती र ४५ वर्षीय पदम रानालाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी विशाल तामाङले जानकारी दिए ।
उनीहरूको साथबाट रु ४२ हजार १७०, विदेशी मुद्रा २६० दिराम र तीन बुक ताससमेत बरामद गरेको तामाङले बताए । उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुरअन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको छ ।
नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध सर्वोच्च अदालतमा परेको...
नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतको संसद पूर्नस्थापनागर्ने निर्णयको सम्मान गरेको छ ।...
नयाँ विकल्प काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र...