May 6, 2021, Thursday

थानकोट नजिक बसको ठक्करबाट एक युवककाे मृत्यु


नयाँ विकल्प,


काठमाडाैं- काठमाडौंको थानकोट नजिक बसले ठक्कर दिँदा तरकारी व्यापारीको मृत्यु भएको छ। मंगलबार बिहान अन्दाजी साढे ४ बजे चन्द्रागिरि नगरपालिका-७ थानकोट हाइवेमा दुर्घटना भएको हो।

मलंगवा-काठमाडौंमा चल्ने ना ५ ख ८४७४ नम्बरको बसले उनलाई ठक्कर दिएर भागेको थियो। ठक्करबाट बाजुरा घर भई चन्द्रागिरि नगरपालिका-६ महादेवस्थान बस्ने २५ वर्षीय नवीन लोहार गम्भीर घाइते भएका थिए।उनलाई तत्कालै अस्पताल पुर्‍याउँदा चिकित्सकहरूले पौने ५ बजे मृत घोषणा गरेका थिए ।

मृतक बिहान सागसब्जी नाम्लोले बोकेर बेच्न जाँदै थिए। हाइवेको आधाबाट काटेर अर्कोतर्फ जाँदा बसले ठक्कर दिएकाे थियाे । मृतक चन्द्रागिरिमा टनेल बनाएर तरकारी खेती गर्दै आएका व्यक्ति हुन्। बसले लोहारलाई ठक्कर दिए भागेको थियो। पछि प्रहरीले हाइवेमा जडान गरिएका सिसिटिभीको माध्यमबाट बसको खोजी गरेको थियो।

अहिले वृत्त र नगरपालिकाको संयुक्त लगानीमा नागढुंगादेखि कलंकीसम्म ६८ वटा सिसिटिभी जडान गरेको छ। सिसिटीभी फुटेजकाे आधारमा प्रहरीले उक्त बसलाई पेप्सीकोलाबाट नियन्त्रणमा लिएको हो। सर्लाहीको हरिवन नगरपालिका-८ घर भएका बसका चालक ३४ वर्षीय सुनिल श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
  • २०७७ कार्तिक २५, १२: ५५: ०९

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा गरिएकाे परिक्षणमा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...

गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
  • २०७७ कार्तिक २५, १२: ५५: ०९

नयाँ विकल्प, काठमाडाैं-गण्डकी प्रदेश सरकारविरुद्ध विपक्षी दलहरुले ल्याएको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने भएको छ। प्रदेश सभा संचालनका...

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
  • २०७७ कार्तिक २५, १२: ५५: ०९

नयाँ विकल्प, काठमाडाैं-गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। काठमाडौंको सुन्धारास्थित न्युरो अस्पतालमा उपचारको क्रमा बिहीबार दिउँसो उनको निधन...

भर्खरै

TOP