नयाँ बिकल्प
काठमाडौ–पछिल्लो समय नेपाली कलाकारहरुको फिल्म निर्माणमा आकर्षण बढ्दै गएको छ । भुवन केसी, आर्यन सिग्देल, रेखा थापा, केकी अधिकारी, ऋचा शर्मा, करिश्मा मानन्धरलगायतले फिल्म निर्माण गरिसकेको अवस्थामा अभिनेत्री आँचल शर्मा पनि कोरोना महामारी अन्त्यपछि फिल्म निर्माण गर्ने तयारीमा जुटेकी आँचलले फिल्म निर्देशनको प्रस्ताव भने मिलन चाम्सलाई गरेकी छन् ।
आँचलले बनाउन लागेको फिल्मबाट निर्देशनको प्रस्ताव आएको कुरा मिलनले नकार्न सकेनन् । उनले भने- ‘आँचलसँग भेट हुँँदा फिल्मकै विषयमा कुरा हुन्छ । उनले ढिलो–चाँडो फिल्म बनाउँछिन् नै । एक चरण मसँग फिल्मको बारेमा कुराकानी भएको हो ।
तर, अहिले मेरो पाइपलाइनमा तीनवटा फिल्म छ । आँचल पनि उस्तै व्यस्त छिन् । त्यसैले अहिलेलाई कुरा अगाडि बढेको छैन ।’
आफ्नो पाइपलाइनमा रहेका तीन फिल्मभन्दा अगाडि मिलन अन्य फिल्ममा हात हाल्ने सोचमा छैनन् । त्यसैले आँचलले निर्माण गर्ने फिल्म केही समय पछाडि हुने उनले बताए ।
फिल्ममा अभिनेताको रुपमा प्रदीप खड्कालाई अफर गरिएको भन्ने कुरामा सत्यता नभएको चाम्स बताउँछन् । हिरोको विषयमा कुनै कुरा नभएको उनले बताए ।
केही म्यूजिक भिडियोमा सँगै काम गरीसकेका छन् । ‘गोर्खा वारियर’ र साम्राज्ञी आरएल शाहसँगको फिल्मपछि मिलनले बनाउने नयाँ फिल्ममा आँचल लिड अभिनेत्रीको रुपमा हुनेछिन् । तर, उनको अभिनय रहने फिल्मको नाम तय भएको छैन ।
नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...
नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...
नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...