नयाँ विकल्प,
काठमाडाैं- पूर्वराज्यमन्त्री खोभारी राय जिल्ला अदालत, काठमाडौंको आदेशपछि छुटेका छन् । जिल्ला अदालत, काठमाडौंले तीन हजार रुपैयाँ धरौटी लिएर छोड्न आदेश दिएपछि काठमाडौं प्रहरीले उनलाई हिरासतमुक्त गरेको हो ।
धरौटी रकम बुझाएपछि शुक्रबार उनीसहित जुवाखालबाट पक्राउ परेका १० जना जुवाडेलाई छाडिएको हाे । यसअघि १६ कात्तिकमा महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई १ लाख ५३ हजार रुपैयाँसहित जुवाखालबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रायसहित देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, बिक्रम लामा, जितपुर लामा, सविन लामा, पर्वत भण्डारी, कान्छा तामाङ, धर्मलाल तामाङ लगायत थिए ।
खोभारी राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा उनी राज्यमन्त्री भएका थिए । २०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका उनी २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । विवादित छविका खोभारी राय पछिल्लाे समय राजनीतिमा निष्कृय थिए ।
नयाँ बिकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ओली समूहले सन्ध्या तिवारी अध्यक्ष रहेको...
नयाँ बिकल्प, काठमाडौं – चन्द्रागिरी नगरपालिकास्थित विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण हुने भएको छ । भारत सरकारको ६करोड ४९ लाख रुपैयाँ...
नयाँ बिकल्प, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी सदस्य पम्फा भुसालले नेपाली सेना, सशस्त्र प्रहरी र...