March 9, 2021, Tuesday

चितवनमा बिरामी बढेसँगै रगतको अभाव देखिन थाल्याे

नयाँ विकल्प,

भरतपुर- जिल्लाका अस्पतालहरुमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएको छ । योजनाबद्धरुपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र अहिले अस्पताल आएका कारण रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो । क्षेत्रीय रक्तसंञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले मागअनुसार रगत पुर्याउन नसकिएको बताए ।

केन्द्रमा दैनिक एक सय युनिट रगतको माग भइरहेको भए पनि ४० युनिट पुरा गर्नसमेत कठिन भएको उहाँको भनाइ छ । कोरोना कहरका कारण रक्तदान नहुनु, रक्तदाता केन्द्रमा आएर रक्तदान गर्न डराउनु, खेतीपातिको समय हुनुलगायतका कारणले रगतको अभाव भएको उनले जानकारी दिए ।

जिल्लामा रहेको विपि कोईराला मेमोरियल क्यान्सर अस्पतालबाट दैनिक ३० युनिट रगतको माग हुने गरेको उनकाे भनाइ छ । यहाँका दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीको चाप बढेसँगै रगतको माग बढ्न थालेको हो ।

यहाँ रहेको क्यान्सर अस्पतालमा देशका विभिन्न स्थानसँगै छिमेकी देशबाट उपचारका लागि आउने गर्दछन् भने अन्य अस्पतालमा चितवनसहित १९ भन्दा बढी जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । भरतपुर अस्पतालमा ४५ शै्ययाको एचडियू राजधानी वाहिर कोभिड–१९ को उपचारमा नेतृत्वदाही भूमिका निर्वाह गर्दै आएको भरतपुर अस्पतालमा ४५ शै्ययाको हाई डिपेन्डेन्सी युनिट (एचडियू) निर्माण थालिएको छ ।

दुई साताभित्रमा सञ्चालनमा आउने गरी काम भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा राजन पाण्डेका अनुसार निर्माणको काम थालेर सामाग्री खरिद प्रक्रियालाई अघि बढाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ शै्ययाको एचडियू निर्माण गर्न भनेको भए पनि अस्पताल विकास समितिले ४५ शै्ययाको निर्माण गर्न लागेको उनकाे भनाइ छ ।

कोभिड भएर अक्सिजनको आवश्यक पर्ने बिरामीलाई उपचारका लागि एचडियू वनाउन लागिएको हो । छिटोछरितो प्रक्रियाबाट सामान खरिद गरि एचडियू सञ्चालनमा ल्याइने पाण्डेले जानकारी दिए । होम आइसोलेशनमा रहेका बृद्धको मृत्यु कोरोना सङ्क्रमणका कारण पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भइ होम आइसोलेशनमा रहेका रत्ननगर नगरपालिका वडा नम्बर १२ जिरौनाका ६८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार यही कात्तिक १४ गते पुरानो मेडिकल कलेजमा उपचारका क्रममा स्वाबको नमुना दिएका वृद्धको १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

मृगौला, मधुमेह र रक्तचापको समस्या भई उपचारका लागि आएका उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यमा सुधार नआएर घर लएिका र मङ्गलबार राती ११ वजे मृत्यु भएको हो । यो सँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ ।

सम्बन्धित समाचार

कञ्चनपुरमा चितुवा आतंकले वासिन्दा त्रसित
कञ्चनपुरमा चितुवा आतंकले वासिन्दा त्रसित
  • २०७७ कार्तिक २६, १४: ०१: १५

नयाँ विकल्पकञ्चनपुर–चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका बासिन्दा निकै चिन्तित भएका छन् । गाउँजजिकैको लक्ष्मी...

बैशाख महिनाबाट हुलास आइरन इण्डष्ट्रिज सञ्चालन हुँदै
बैशाख महिनाबाट हुलास आइरन इण्डष्ट्रिज सञ्चालन हुँदै
  • २०७७ कार्तिक २६, १४: ०१: १५

नयाँ विकल्पवाग्मती–पर्सा जिल्लामा करिब रु ९० करोडको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना भई सञ्चालनको प्रक्रियामा रहेको छ । उद्योग निर्माणको...

लक्ष्यभन्दा अगाडि नै छात्रावास भवन निर्माण सम्पन्न
लक्ष्यभन्दा अगाडि नै छात्रावास भवन निर्माण सम्पन्न
  • २०७७ कार्तिक २६, १४: ०१: १५

नयाँ विकल्पम्याग्दी–जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माविको छात्रावास भवन निर्माण सकिएको छ । ढिलासुस्तीका कारण अधिकांश विकास आयोजना...

भर्खरै

TOP