नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको विहीबार बस्ने भनिएको बैठक फेरि सरेर शुक्रबारको लागि राखिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार दिउँसो भएको पदाधिकारी बैठकमा समेत शीर्ष नेताबीच बैठक एजेण्डाको विषयमा सहमति हुन नसकेपछि बैठक शुक्रबारसम्मको लागि राखिएको हो ।
पार्टी नेता रामचन्द्र पौडेलसहित २७ जना केन्द्रीय कार्यसमिति सदस्यले सभापति शेरबहादुर देउवाद्वारा गठन गरिएको २० विभाग विघटन गर्नु पर्ने लगायतका १६ बुँदे माग पुरा गर्न सभापति देउवा तयार नभएपछि बैठक फेरि सरेको हो ।
सभापति देउवाले गत असोज १९, कात्तिक २१ र २७ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएका थिए । तर, २७ गते बस्ने भनिएको बैठक पनि शुक्रबारको लागि सारिएको छ ।
स्रोतका अनुसार सभापति देउवाले उपसभापति विमलेन्द्र निधी र कृष्णप्रसाद सिटौला आफ्ना सुरक्षाकर्मीमा कोरोना देखिएपछि कन्याक्ट ट्रेसिङमा परेका कारण र प्रवक्ता विश्वप्रकाश शर्मा संयुक्त राज्य अमेरिकामा रहेकाले बैठक स्थगित गरिएको हो ।
कांग्रेसका एक दर्जन बढी केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि उनीहरु पनि केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुने सम्भावना छैन ।
नयाँ बिकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ओली समूहले सन्ध्या तिवारी अध्यक्ष रहेको...
नयाँ बिकल्प, काठमाडौं – चन्द्रागिरी नगरपालिकास्थित विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण हुने भएको छ । भारत सरकारको ६करोड ४९ लाख रुपैयाँ...
नयाँ बिकल्प, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी सदस्य पम्फा भुसालले नेपाली सेना, सशस्त्र प्रहरी र...