March 8, 2021, Monday

उपत्यका बाहिरबाट आउने सवारी साधन धुलाई केन्द्र सञ्चालन गर्ने तयारी

काठमाडौं–यातायात व्यवस्था विभागले काठमाडौँ उपत्यका बाहिरबाट उपत्यका भित्रने सवारी साधनलाई धोएरमात्रै भित्रिन दिन धुलाई केन्द्र (वास सेन्टर) सञ्चालन गर्ने योजना बनाएको छ । काठमाडौँ उपत्यकामा सवारी साधनले भित्र्याउने प्रदूषण कम गर्न धोएर मात्रै भित्र्याउनका लागि केन्द्र सञ्चालनको योजना बनाइएको हो ।

यस आर्थिक वर्षको बजेटमा समावेश नगरिएको भए पनि विभागले केन्द्र सञ्चालनका लागि छलफल गरिरहेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए । उनका अनुसार गत आवमा सरकारको नीति तथा कार्यक्रम र बजेट दुवैमा केन्द्र सञ्चालनको विषय समावेश थियो । “गत आवमा रु दुई करोड छुट्याइएको भए पनि हामीले खर्च गर्न सकेका थिएनौँ ।”

सरकार आफैँले केन्द्र सञ्चालन गर्नेभन्दा पनि सरकारले अनुमति दिने र नियमन गर्ने गरी छलफल भइरहेको निर्देशक पौडेलले बताए । निजी क्षेत्रले सरकारले तोकिएअनुसार केन्द्र सञ्चालन गर्न सक्ने गरी छलफल भइरहेको छ ।

केन्द्र सञ्चालन गर्ने व्यक्तिले तोकिएको रकम लिएर सवारी साधन धुन सक्ने गरी छलफल भइरहेको बताए । त्यसका लागि आवश्यक मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउनेछ । “वास सेन्टर कसरी सञ्चालन गर्न सकिन्छ भनेर हामी छलफल गरिरहेका छौँ ।”

केही दिन पहिले भौतिक पूर्वाधार मन्त्रालयको पहिलो त्रैमासिक समीक्षा बैठकमा विभागका महानिर्देशक गोगनबहादुर हमालले केन्द्र सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको र मङ्सिरभित्रमा निर्णय गरिने बताए ।

केही वर्ष पहिलेदेखि नै काठमाडौँ उपत्यकामा प्रदूषण कम गर्न सवारी साधन धोएर मात्रै प्रवेश गराउनुपर्ने माग भइरहे पनि मन्त्रालयले निर्णय गरेको थिएन ।

सम्बन्धित समाचार

आयोगको निर्णय नआउँदै ओली पक्षबाट ‘सन्ध्याको पार्टी कब्जामा’
आयोगको निर्णय नआउँदै ओली पक्षबाट ‘सन्ध्याको पार्टी कब्जामा’
  • २०७७ कार्तिक २७, १२: २२: ४९

नयाँ बिकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ओली समूहले सन्ध्या तिवारी अध्यक्ष रहेको...

भारतको सहयोगमा चन्द्रागिरीस्थित विष्णुदेवी माविको पुनर्निर्माण शुुरु
भारतको सहयोगमा चन्द्रागिरीस्थित विष्णुदेवी माविको पुनर्निर्माण शुुरु
  • २०७७ कार्तिक २७, १२: २२: ४९

नयाँ बिकल्प, काठमाडौं – चन्द्रागिरी नगरपालिकास्थित विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण हुने भएको छ । भारत सरकारको ६करोड ४९ लाख रुपैयाँ...

‘सेना र प्रहरीका श्रीमतीको नाममा खोलिएका संस्था दासीहरुको जस्तै’
‘सेना र प्रहरीका श्रीमतीको नाममा खोलिएका संस्था दासीहरुको जस्तै’
  • २०७७ कार्तिक २७, १२: २२: ४९

नयाँ बिकल्प, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी सदस्य पम्फा भुसालले नेपाली सेना, सशस्त्र प्रहरी र...

भर्खरै

TOP