काठमाडौं–ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपालद्वारा संचालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलार्ई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले आयोजित एक कार्यक्रमबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शिवाकोटीले यस्ता सामाजिक कार्यमा ग्लोबल आइएमई बैंक सदा अग्रसर रहेको जानकारी गराए ।
टिच फर नेपालको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले टिच फर नेपाल फेलोसिपलाई आर्थिक सहयोग प्रदान गरिएकोमा ग्लोबल आइएमई बैंक लिमिटेडलाई धन्यवाद व्यक्त गरे ।
बैंकले स्थापनाकाल देखिनै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।
नयाँ विकल्प बर्दिया- भैंसी चराउन गएका बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १० कालाबन्जरका ६५ वर्षीय लालबहादुर चौधरीको शव जंगलमा फेला...
नयाँ विकल्प त्रिशूली – नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ...
नयाँ विकल्प बाग्लुङ- बालविवाह र यौनजन्य हिंसा न्यूनीकरण तथा महिनावारी स्वच्छताका लागि प्रथम धवलागिरि गाउँपालिकास्तरीय किशोरी सम्मेलनले ११ बँुदे घोषणापत्र...