नयाँ विकल्प
विर्तामाेड-झापाको शिवसताक्षी नगरपालिकामा थप एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार स्थानीय वडा नम्बर ६का ६२ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो ।
उनको कार्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएपछि उनको झापाको बि एण्ड सी अस्पतालमा उपचार भइरहेको थियो। मृतकको कार्तिक २४ मा कोरोनाको थप परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो।
बि एण्ड सी अस्पतालका अनुसार मृतकमा मृगौला रोग को पनि समस्या थियो। तर, परिवार स्रोतका अनुसार मृतकको कोरोना संक्रमण बाहेक अन्य कुनै रोग थिएन। मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली सँग समन्वय भइरहेकाे जनाइएकाे छ ।
नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...
नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...
नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...