मुग्लिन– चितवनको इच्छाकामना गाउँपालिकाले तरकारी सङ्कलन केन्द्र निर्माण गरेको छ । किसानले उत्पादन गरेको फलफूल तथा तरकारीजन्य वस्तुको सहज सङ्कलन र बिक्रीका लागि सङ्कलन केन्द्र निर्माण गरिएको हो ।
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले रु ७८ लाखको लगानीमा तरकारी सङ्कलन केन्द्र निर्माण गरिएको बताईन् ।
किसानहरूलाई उचित मूल्य दिलाउने र भिडभाड कम हुने गरी व्यवस्थापन गर्न लागिएको छ । किसानहरूबाटै समिति निर्माण गरी केन्द्र सञ्चालन गरिने उनले बताए । तरकारी सङ्कलन केन्द्र नहुँदा तरकारी उत्पादनमा सङ्लग्न किसानले सास्ती खेप्दै आएका थिए ।
संकलन केन्द्र स्थापनासँगै तरकारी बजारमा पुर्याएर बिक्री गर्न सहज हुने किसानहरू बताउँछन् ।
गाउँपालिकाले पनि तरकारी तथा फलफूल खेतीका लागि विशेष जोड दिएको अध्यक्ष गुरुङले बताइन् । उनले बाँझो जमिन प्रयोगमा ल्याउन प्रोत्साहन गर्दै एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानका कायक्र्रम ल्याइएको जानकारी दिए ।
सबै वडामा जैविक विषादीमुक्त तरकारी उत्पादनमा जोड दिइएको उनको भनाइ छ ।
किसानले १०० भन्दा बढी फलफूलको बिरुवा रोपे ७५ प्रतिशत अनुदान दिइने उल्लेख गर्दै, खेतीयोग्य जमिनका लागि थोपा सिँचाइको व्यवस्था गरिने बताए ।
व्यावसायिक तरकारी खेती गर्ने किसानलाई तालिमसहित बिउबीजनमा सहयोग गरिरहेको पनि बताइन् ।
नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनापछि बन्ने नयाँ सरकारको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद छिनोफानो...
नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...
काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...