November 30, 2020, Monday

चितवन साहित्य परिषद्को पत्रकार र लेखकलाई पुरस्कार

चितवन–जिल्लामा साहित्यिक व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । वि.सं २०७६ सालमा प्रकाशित श्रष्टाहरूका कृतिका आधारमा बिहीबार सम्मानित गरिएको हो ।

चितवन साहित्य परिषद्ले हरेक वर्ष प्रदान गर्ने राजकृष्ण कँडेल साहित्य पुरस्कार, २०७७ बाट पत्रकार वसन्त पराजुली र लेखक गणेश लाठलाई सम्मानित गरेको छ ।

पराजुलीलाई उनको ‘कुमाता’ कथा सङ्ग्रहका लागि र लाठलाई ‘अघटित’ उपन्यासका लागि प्रदान गरिएको हो । पुरस्कारको राशि रु १५ हजार रहेको छ ।

यस्तै चिसाप प्रतिभा पुरस्कार, २०७७ बाट अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष प्रकाश पौडेल माइला, चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कारबाट ‘केन्द्र र परिधि’ निबन्धका लागि निबन्धकार रामबाबु घिमिरेलाई र चिसाप लीलानर्मदा पुरस्कार ‘महोपथ’ कथा सङ्ग्रहका लागि कथाकार ललित विष्टलाई प्रदान गरिएको छ ।

हाल जापानमा रहेका कारण पुरस्कृत व्यक्तित्व पौडेलका बुबा चूडामणि पौडेलले उनको पुरस्कार ग्रहण गरे भने अन्य स्रष्टाहरू स्वयं कार्यक्रममा उपस्थित भएर पुरस्कार ग्रहण गरेका थिए ।

कार्यक्रममा चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र्र अस्तफल, पूर्वअध्यक्ष केदारनाथ खनाल, साहित्यकार श्यामजी अतिथि, पुरस्कारका संस्थापक मायादेवी कँडेलले पुरस्कृत व्यक्तित्वलाई सम्मान गरेका थिए ।

सम्बन्धित समाचार

कुनै पनि शिक्षकहरु पार्टीमा लागेका छन् भने उनीहरुलाई सेवाबाट वञ्चित गर्नुपर्छ
कुनै पनि शिक्षकहरु पार्टीमा लागेका छन् भने उनीहरुलाई सेवाबाट वञ्चित गर्नुपर्छ
  • २०७७ कार्तिक २८, १२: ३४: १४

तीनपाटन गाउँपालिकालाई कोरोनाले कत्तिको पिरोलो त ?कोरोनाले नेपाललाई मात्रै नभएर विश्वलाई नै प्रताडित बनाएको छ । त्यसमा तीनपाट गाउँपालिका अछुतो रहने...

भरतपुर महानगरपालिका-५ को वडा कार्यालय भवन शिलान्यास
भरतपुर महानगरपालिका-५ को वडा कार्यालय भवन शिलान्यास
  • २०७७ कार्तिक २८, १२: ३४: १४

नयाँ विकल्प चितवन – भरतपुर महानगरपालिका वडा नम्बर ५ को वडा कार्यालय भवन शिलान्यास भएको छ । सोमबार महानगरपालिकाको वडा...

कोरोनाको बहानामा महाधिवेशन टार्दै पद लम्ब्याउँदैं
कोरोनाको बहानामा महाधिवेशन टार्दै पद लम्ब्याउँदैं
  • २०७७ कार्तिक २८, १२: ३४: १४

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको घोषित मिति आउन अब दुई महिना तीन साता मात्र वाँकी छ । तर, महाधिवेशनको तयारी...

भर्खरै

TOP