नयाँ विकल्प,
काठमाडाैं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक मंसिर ३ गतेकालागि सरेकाे छ । बालुवाटारमा सुरू भएको छ बैठकमा कुनै पनि विषयमा छलफल नगरी सकियाे । शुक्रबार अपरान्ह पाैने पाँच बजेपछि बैठक सुरू भएको थियाे ।
बैठकमा प्रधानमन्त्री ओली सहित अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सचिवालय सदस्यहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम नारायणकाजी श्रेष्ठ इश्वर पाेखरेल, रामबहादुर थापा बादल , र विष्णु पाैडेल सहभागी थिए अनौपचारिक रूपमा पार्टी कार्यालयमा उपस्थित असन्तुष्ट पक्षकाे बैठकले सचिवालय बैठक बोलाउन अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए।
नेकपा अध्यक्ष अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाउन आग्रह गरे पनि अर्का अध्यक्ष केपी शर्मा ओलीले भने बैठक टार्दै आइरहेका छन् ।
पछिल्लो समय नेकपा अध्यक्षद्वयबीच विवाद चुलिँदै गएको छ। ओली-प्रचण्डले एक अर्कालाई आरोप-प्रत्यारोप लगाउँदै आइरहेको छ। जसले गर्दा दुई अध्यक्षको सम्बन्धमा तिक्तता बढ्दै गइरहेको छ।
नयाँ विकल्प बाग्लुङ- बालविवाह र यौनजन्य हिंसा न्यूनीकरण तथा महिनावारी स्वच्छताका लागि प्रथम धवलागिरि गाउँपालिकास्तरीय किशोरी सम्मेलनले ११ बँुदे घोषणापत्र...
नयाँ विकल्प सप्तरी-बहुविवाहका आरोपित एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले एक वर्ष कैद र १० हजार जरिवानाको फैसला गरेको छ ।...
नयाँ विकल्प परासी- पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको...