नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार साँझ साडे ५ बजे शुरु भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १४ औं महाधिवशेन विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण निर्धारित समय फागुन ७ –१० मा गर्न व्यवहारिक नभएको भन्दै कार्यतालिका परिवर्तन सम्वन्धी विषयमा छलफल गराएका छन् ।
पार्टीका असन्तुष्ट नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले भने सभापति देउवाले २८ विभागको सख्या बढाएर ४८ बनाएको र विधान विपरित महाधिवेशनको कार्यतालिका तोकिएपछि गठन भएकाले विघटनको माग गर्दै आएका छन् ।
नेता पौडेलसहित २७ जना केन्द्रीय सदस्यहरुले गठन गरेको विभाग भंग गर्नु पर्ने अन्य दलबाट कांग्रेसमा आएका सदस्यहरुको समायोजन, भ्रातृ संस्था तदर्थ समिति भएकाले उनीहरुको महाधिवेशनमा प्रतिनिधित्व नहुने लगायतका विषयमा छलफल भइरहेको छ ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने भनिएको बैठक साँझ साडे ५ बजे मात्र बसे पनि महाधिवेशनको कार्यतालिका संशोधन, गठन भएका भ्रातृ संस्थाको क्रियाशिलता र निष्कृयता, क्रियाशिल सदस्यता बितरण र नवीकरण लगायतका विषयमा छलफल भएको छ ।
बैठकमा प्रतिनिधि सभाका सदस्य सूर्वबहादुर केसीको निधनपछि रिक्त पदमा मनोनयनको लागि नाम पठाउने, केन्द्रीय तहमा समायोजन र ब्यबस्थापन लगायतको विषयमा आजै निर्णय हुने भएको छ ।
कांग्रेसका दुई वटा भ्रातृ संस्था महिला संघ र मगर संघबाहेक सबैले विधान बमोजिम नियमित महाधिवेशन नगरेकाले तदर्थ समिति भएका त्यस्ता संस्थाबाट महाधिबेसनमा प्रतिनिधित्व नहुने भएको छ ।
यस्तै, नेपाल प्रेस युनियनवाहेक पार्टीको महाधिवेशनमा प्रतिनिधित्व हुने शुभेच्छुक संस्था अधिकांसको भने नियमिति अधिवेशन भएको छ ।
नयाँ बिकल्प, काठमाडौं । राजधानी काठमाडौंका वासिन्दाले जीवित संस्कृतिको सम्पदाको रुपमा मान्दै आएका सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र पुननिर्माण कार्यको...
नयाँ विकल्प काठमाडौं – वरिष्ठ पत्रकार तथा विकल्प राष्ट्रिय साप्ताहिक र नयाँ विकल्प डट कमका प्रधान सम्पादक दामोदर प्रसाद दवाडीलाइ...
नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसका पुराना नेता तथा राष्ट्रिय सभाका पूर्वसदस्य सांसद डा. शंकरप्रसाद उप्रेतीको शनिबार राती काठमाडौमा निधन...