June 19, 2021, Saturday

कांग्रेसका यी भ्रातृ र शुभेच्छुक संस्थाको नियमित महाधिवेशन नहुँदा पार्टीको महाधिवेशनमा प्रतिनिधित्व नहुने


नयाँ विकल्प
काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पार्टीका १३ वटा भ्रातृ संस्थामध्ये नेपाल महिला संघबाहेक सबै संगठनबाट प्रतिनिधित्व नहुने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यलय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बिधान बमोजिम नियमित महाधिवेशन गर्न नसकेका र ६ महिना कार्यकाल थप गर्दा समेत महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाले पार्टी महाधिवेशनमा भाग लिन नपाउने सहमति भएको हो ।

नेपाल महिला संघको कार्यकाल भने असोजमा सकिए पनि पार्टीको महाधिवेशन फागुनमै तोकिएकाले कार्यकाल सकिएको ६ महिना नकट्ने भएकाले महिला संघबाट भने पार्टी महाधिबेशनमा प्रतिनिधित्व हुने निश्चित छ ।

नेपाली कांग्रेसका भ्रातृ संस्थाहरु नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुश्लिम संघ, नेपाल तामाङ संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाज हुन् ।

कांग्रेसका यी भ्रातृ संस्थामध्ये किसानसंघको १६ वर्षदेखि र नेविसंघ तथा तरुण दलको तीन वर्षदेखि महाधिवेशन भएको छैन ।

पार्टीका १८ वटा शुभेच्छुक संस्थामध्ये नेपाल प्रेस युनियन, शेर्पा संघ, नेपाल लोकतान्त्रिक नेवाः खल र त्रिविवि प्रजातन्त्रबादी कर्मचारी संघ बाहेक सबैको नियमित महाधिवेशन भएको छ ।

तिमध्ये नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामति कर्मचारी युनीयन, नेपाल सांस्कृतिक संघ, नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी एसोसिएसन र प्रजातन्त्रबादी प्रध्यापक संघबाट भने पार्टीको महाधिवेशनमा प्रतिनिधित्व हुने प्रावधान छ ।

कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा प्रशासन, व्यवस्थापन र विकास केन्द्र (कामाद), लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन, सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स, प्रजातन्त्रबादी चिकित्सक संघ, प्रजातान्त्रिक बन प्राविधिक संघ, नेपाल कुमाल संघ र डेमोक्रेटिक एगिैकल्चरिष्ट एशोसिएसन नेपाल रहेका छन् ।

सम्बन्धित समाचार

मेलम्ची र हेलम्बुका बाढी पीडितलाई आयल निगमले दिए ग्यास लिलिण्डर र ग्यास चुल्हो
मेलम्ची र हेलम्बुका बाढी पीडितलाई आयल निगमले दिए ग्यास लिलिण्डर र ग्यास चुल्हो
  • २०७७ कार्तिक २८, १८: ३२: ४८

नयाँ बिकल्प, काठमाडौं । तीन दिनअघि आएको अबिरल वर्षाका कारण बाढी र पहिरोबाट जनधनको क्षति व्यहोरेका सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र...

प्रदेश २ का ७ जिल्लाको पार्टी समायोजनबिरूद्ध उजुरी परेपछि कांग्रेस क्रियाशिल सदस्यता अड्कियाे
प्रदेश २ का ७ जिल्लाको पार्टी समायोजनबिरूद्ध उजुरी परेपछि कांग्रेस क्रियाशिल सदस्यता अड्कियाे
  • २०७७ कार्तिक २८, १८: ३२: ४८

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन काठमाडौंमा गर्ने घोषणा गरे...

ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश
ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश
  • २०७७ कार्तिक २८, १८: ३२: ४८

नयाँ विकल्प काठमाडौं – सर्वोच्च अदालतले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा गरेको...

भर्खरै

TOP