लहान – वर्षाैदेखि फुसको छाप्रोमा जीवन बिताउँदै आएका सिरहाको कल्याणपुर र कर्जन्हा नगरपालिका तथा बिष्णुपुर गाउँपालिकाका डुम समुदायका लागि ११६ पक्की घर निर्माण शुरुआत भएको छ ।
सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रम अन्तर्गत कल्याणपुरमा ५८, कर्जन्हामा ३७ र बिष्णुपुरमा ती समुदायका लागि पक्की घर बनाउन लागिएको हो । यसैबर्ष भित्र घर निर्माण सम्पन्न भई हस्तान्तरण गरिने योजना रहेको शहरी विकास तथा भवन निर्माण कार्यालय राजविराजले जनाएको छ ।
तराई मधेशमा विपन्न जीवन बिताइरहेको, सामाजिक विभेद छुवाछुत तथा चरम आर्थिक सङ्कट खेपिरहेका छन् । पक्की घर निर्माण भएपछि उनीहरुको जीवनमा अर्थपूर्ण परिवर्तन आउने प्रदेशसभा सदस्य दिलीपकुमार साहले जानकारी दिए ।
वर्षाैदेखि ऐलानी जग्गामा सुकुम्बासीको रुपमा बस्दै आएका ती समुदाय पक्की घर पाउने भएपछि औधि खुशी भएका छन् । सिरहामा करिब ४ हजार घरधुरी रहेको डुम समुदाय बाँसको नाङ्गलो, हाते पंखा, ढकिया, कोनिया लगायतका सामग्री बनाएर जिबिकोपार्जन गर्दै आएका छन् । यसबर्ष जनता आवास कार्यक्रम अन्तर्गत ४१० दलित, विपन्न, अल्पसङ्ख्यक समुदायको पक्की घर निर्माण हुने जनाइएको छ ।
गुसौ, नाइजेरिया–अपहरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन् । देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै २७९ जना...
’नयाँ बिकल्प,काठमाडौं – दुुई वर्षअघि अर्थात २०७५ फागुन २८ गते नेत्र बिक्रम चन्द उर्फ विप्लव नेतृत्वको तत्कालिन नेपाल कम्युनिष्ट पार्टीलाई...
लन्डन–विश्वका प्रमुख तेल उत्पादक मुलुकहरुको संगठन ओपेकका सदस्य राष्ट्रहरुबीच तेल उत्पादनका सम्बन्धमा पुनर्विचार गर्नेगरी अर्को साता बैठक हुनै लाग्दा तेल...