November 26, 2020, Thursday

कपन बालुवाखानीमा आगलागी : दाइको मृत्यु, भान्जा र बहिनी गम्भीर घाइते


नयाँ विकल्प,


काठमाडाैं-कपन बालुवाखानी चोकस्थित नारायण बहादुर बस्नेतको घरमा सोमबार राति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बस्नेतको चारतले घरको पहिलो तलामा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भएका कृष्ण बहादुर तामाङको कोठामा विद्युत सर्ट भई आगलागी हुँदा उनको जलेर मृत्यु भएको हो।

घटनामा मृतककी ३५ वर्षीय बहिनी बिपना तामाङ र उनका ११ महिनाका छोरा दावा तामाङ जलेर घाइते भएका छन्। उनीहरूको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बिपना तामाङको शरिरको विभिन्न भागमा ३० प्रतिशत जलेको छ भने दावा तामाङको शरिरको विभिन्न भागमा १२ प्रतिशत जलेको छ।

बिपना दाजुसँग तिहार मनाउन आएकी थिइन्। आगलागीमा कति भौतिक क्षति भयो भने विवरण खुल्न सकेको छैन् । आगलागी दमकल, प्रहरी र स्थानिय बासीको सहयोगमा सोमबार राति करिब दुई बजे पुर्णरुपमा नियन्त्रणमा आएको थियो।

सम्बन्धित समाचार

प्रहरीको गोलीबाट घाइते न्यौपानेको मृत्युपछि बर्दिबास झन तनावग्रस्त
प्रहरीको गोलीबाट घाइते न्यौपानेको मृत्युपछि बर्दिबास झन तनावग्रस्त
  • २०७७ मंसिर २, ०९: २८: १४

नयाँ विकल्प,काठमाडौं – महोत्तरी जिल्लाको ब्यापरिक केन्द्र बर्दिवासमा प्रहरीको असावधानी र अत्यधिक बल प्रयोगका कारण झन तनावग्रस्त बनेको छ ।...

आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनू: देउवा
आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनू: देउवा
  • २०७७ मंसिर २, ०९: २८: १४

नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा हाल देखिएको समस्या र चुनौतिको सामना गर्न पार्टी संगठनलाई एक ढिक्का...

शेयर बजार इन्डेक्स नयाँ इतिहास  रच्ने तरखरमा
शेयर बजार इन्डेक्स नयाँ इतिहास रच्ने तरखरमा
  • २०७७ मंसिर २, ०९: २८: १४

नयाँ विकल्पकाठमाडाैं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) इन्डेक्स विहिबार ८ अंकले बढ्याे भने हालसम्मकै उच्च विन्दुमा पुग्ने छ । अल टाइम...

भर्खरै

TOP