May 17, 2021, Monday

दार्चुलाकाे व्यासमा हिमपातसंगै चिसो ह्वात्तै बढ्याे

नयाँ विकल्प

व्यास-दार्चुलाको व्यासमा गत आइतबार राति र सोमबार हिमपात भएको छ । हिमपात भएसँगै व्यासको छाङ्रु र तिङ्कर क्षेत्रमा एकाएक चिसो बढेको छ ।

ती क्षेत्रमा पाँच, छ इन्च हिउँ जमेको छ । ती क्षेत्रका डाँडाकाँडामा अत्यधिक हिउँ समेत परेको छ । हिउँ पर्न थालेपछि चिसो निकै बढेको व्यास– १ छाङ्रुका योगेश बोहराले जानकारी दिए। उनले भने “पाँच छ इन्च हिउँ गाउँमा जमेको छ ।

हिमपातका कारण चिसो बढेको छ । हिमपातका कारण यहाँको दृश्य मनोरम भएको छ ।” चिसो बढेसँगै तिङ्करकवासी बुधबार खलङ्गा झर्दैछन् । गाउँमा चिसो ह्वात्तै बढेपछि भारतको बाटो हुँदै सौका समुदायको बसाइसराइ (कुञ्चा) खलङ्गा झर्न लागेका हुन् ।

छाङ्रुको कुञ्चा भने यही मङ्सिर १९ गते मात्रै झर्ने तयारी भएको स्थानीयवासी बोहराले बताउनुभयो । जिल्लाका व्यासी, सौका समुदाय सदरमुकाम खलङ्गा झर्ने तयारी गर्दैछन् । उनीहरु नेपाली भूमि होइन कि भारतीय बाटो भएर सदरमुकाम झर्ने तयारी गरेका हुन् ।

गत चैतदेखि नेपाल भारत सीमा नाका बन्द छ । व्यासीहरु आफ्नै भूमि भएर खलङ्गा आउन सक्ने अवस्था नरहेपछि भारतीय बाटो भएर खलङ्गा झर्ने तयारी भएको व्यास गाउँपालिका–१ का वडासचिव विनोद बुढाथोकीले जानकारी दिए।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ मंसिर २, १४: ४३: ५१

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ मंसिर २, १४: ४३: ५१

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ मंसिर २, १४: ४३: ५१

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP