December 4, 2020, Friday

नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सकियो

नयाँ विकल्प

काठमाडाैं- प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयाका दिनसम्म मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आज दोस्रो दिन किजापूजा गरेसँगै समाप्त भएको छ ।

नेवार समुदायको केही समूहमा कात्तिक शुक्ल द्वितीयामा सूर्योदय भएका दिन नै भाइटीका लगाउने कूल परम्परा रहेकाले सो समूहका दाजुभाइले आज दिदीबहिनीबाट टीका लगाएका हुन् । नेवार समुदायका केही समूहका दिदीबहिनी र दाजुभाइले श्रद्धाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएका छन् ।

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ । यसैगरी दिदीबहिनी एवं दाजुभाइ नहुनेले भाइटीकाका अवसरमा दर्शन गर्ने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर आज पनि बिहानदेखि नै खुला छ ।

यमपञ्चक भने सोमबार नै सकिएको हो । यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माणपछि तिहारमा पहिलो पटक खुलेको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका अवसरमा मात्र खुल्छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।

पाँच वर्षपछि खुलेको बालगोपालेश्वरमा आज पनि भक्तजनको भीड लागेको छ । यसैगरी जयबागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् डा गोविन्द टण्डनले बताए ।

भाइटीकाका अवसरमा आज पनि सरकारले सार्वजनिक बिदा दिएको छ । सोमबारदेखि नेपाल संवत्अनुसारको नयाँ वर्ष ११४१ पनि शुरु भएको छ । एक हजार १४१ वर्षअघि शङ्खधर साख्वाले नेपाल संवत्को शुरुआत गरेका थिए । रासस

सम्बन्धित समाचार

उत्तरगया-गोकर्णेश्वरको दर्शन नगरी धार्मिक यात्रा पुरा हुँदैन, हाइकिङ र साइक्लिङको रुट बन्दैछ
उत्तरगया-गोकर्णेश्वरको दर्शन नगरी धार्मिक यात्रा पुरा हुँदैन, हाइकिङ र साइक्लिङको रुट बन्दैछ
  • २०७७ मंसिर २, १७: ५३: ०८

तपाईं नगरप्रमुखमा निर्वाचित भएपछि नगरको विकास र नागरिकको सेवामा के चुनौति छन् ? समाधानका लागि के–के गर्दै हुनुहुन्छ ?म आउँदा...

सेयर बढेर के गर्नु ? दैनिक १० कराेड बढी रकम दलालकाे कब्जामा पुगेपछि…
सेयर बढेर के गर्नु ? दैनिक १० कराेड बढी रकम दलालकाे कब्जामा पुगेपछि…
  • २०७७ मंसिर २, १७: ५३: ०८

नयाँ विकल्पकाठमाडाैं- नेपालकाे पुजि बजार बढ्दै गएर दैनिक रेकर्ड ब्रेक गर्दै गइरहेकाे छ । काराेबार रकम इतिहारमै सबैभन्दा बढि भैइरहेका...

लुम्बिनी प्रदेशमा ४ महिनामा  ८ सय बढि घरेलु हिंसा
लुम्बिनी प्रदेशमा ४ महिनामा ८ सय बढि घरेलु हिंसा
  • २०७७ मंसिर २, १७: ५३: ०८

नयाँ विकल्प बुटबल- लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८२३ घरेलु हिंसा भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ जिल्लामा...

भर्खरै

TOP