April 23, 2021, Friday

चिनियाँ राजदुत यान्छीका दुःखः नेकपा जाेगाउने की आफ्नै मर्यादा !


नयाँ विकल्प

काठमाडाैं- मान्छेका दुःख पनि अनेकाैं हुन्छन् । दुःखले जवआफ्नै मर्यादा गिज्याउन थाल्छ तव कथाले पनि अर्कै माेड लिन थाल्दाे रहेछ । यस्तै दुःखकाे संकटबाट गुज्रिरहेकी छिन नेपालका लागि चिनियाँ राजदुत हाेउ यान्छी ।

यान्छीलाइ अब नेकपा जाेगाउने किआफ्नै मर्यादा धर्म संकट नै सुरू भएकाे छ । कुनैपनि देशकाे राजदुतकाे भुमिका दुइ देशकाे सम्बन्ध सुधार गर्ने, पारस्परिक हितमा काम गर्ने नै हाे । कुटनैतिक मर्यादमा रहने राजदुतले अरूकाे देशकाे आन्तरिक विषय, राजनीति र बाेल्न त परै जाओस इसारा समेत गरेकाेलाइ राम्राे मानिदैन ।

तर नेपालकाेआन्तरिक राजनीति अर्थात नेकपा विवादकाे समाधान चिनियाँ राजदुत यान्छी विना समाधान हुदैन भन्ने विष्लेषण आम रूपमा हुन थालेकाे छ ।

नेपालकाे आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेप भएकाे भन्दै यान्छी बस्ने चिनियाँ राजदुतावास भाटभटेनीमा धर्ना हुन थालेकाे पनि महिनाै भयाे । विदेशी राजदुतकाे नेपालकाे आन्तरिक राजनीतिमा हस्तक्षेप भएकाे भन्दै चाैतर्फी आलाेचना खेपी रहेकी यान्छीले नत नेकपा फुट जाेगाउँन सक्ने छन् नत आफ्नै मर्यादा ।

नेकपा विवाद उत्कर्षमा पुगेका बेला राजदुत यान्छीले मंगलबार राती प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटिन । उनीहरूबीच लामै कुराकानी भएको भयाे । यान्छीले प्रधानमन्त्री ओलीलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले लेखेको किताब उपहार दिइन ।

गत साउनमा नेकपा विवाद उत्कर्षमा पुगेका बेला यान्छीकाे डाैडधुपले नेकपा पार्टीलाइ ठूलाे राहात मिल्याे । फुटकाे संघारमा रहेकाे नेकपा यान्छीकाे दाैडधुपले केही समयकालागी बाँच्याे तर यति बेला यान्छीकाे डाैडधुप बालुवामा पानी हाले सरह हुने विश्लेषण गरिदै छ ।

राजदुत यान्छीकाे यसपटककाे डाैडधुप उनकै मर्यादा घटाउने बाहेक खासै उपलब्धी नहुने पक्का छ । राजदुत यान्छीसँगकाे भेटपछि ओलीले र राष्ट्रपती विद्यादेवी भण्डारीलाइ भेटेका छन् । राष्ट्रपति भण्डारी र राजदुत यान्छीले ओली र प्रचण्डलाइ मिलाउँन उन्तिम अस्त्र प्रयाेग गरेका छन् ।

नेकपा उच्च स्राेतका अनुसार राष्ट्रपति भण्डारीले प्रचण्ड संगकाे भेटमा नेकपाकाे अध्यक्ष र प्रधानमन्त्री दुवै पद लिन प्रस्ताव गरेका छन् । राष्ट्रपति भण्डारीकाे उक्त प्रस्तावलाइ कार्यकारी अध्यक्ष प्रचण्डले अस्विकार गरेपछि नेकपा विवाद सजिलै समाधान हुने संकेत देखिएकाे छैन् ।

नेकपा विवाद बढिरहेकाे अवस्थामा सचिवालय बैठक बस्ने अघिल्लो दिन भएको भेटलाइ विभिन्न काेणबाट हेरिएकाे छ । यसैबेला राजदूत यान्छीको सक्रियता बढेकाे विषयमा स्वयं नेकपा भित्र र बाहिरबाट पार्टी र राजदुत यान्छीकाे सर्वत्र अालाेचना हुने गरेकाे छ ।

गत वैशाख र साउनमा नेकपा विवाद भएको बेला राजदूत यान्छीले नेकपा शीर्ष नेताहरूलाई उनीहरूकै घरमा गएर भेटेकाे विषयले स्वयम् नेकपा राष्ट्रियताकाे विषयमा कति संवेदनशिल छ भन्ने विषय उजागार गरेकाे छ ।

राजदुत यान्छीसँग कुराकानीपछि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेटन शितल निवास पुगे र
आफ्नै गुटका नेताकाे सुझाव विपरित सचिवालय बैठक बाेलाउँन राजी भएकाे विषयलाइ विभिन्न काेणबाट बिश्लेषण गरिए पनि नेकपा विवाद जस्ताकाे तस्तै देखिन्छ ।

राष्ट्रपति भण्डारी र चिनियाँ राजदुत हाेउ यान्छीकाे यस पटककाे प्रयास भने सार्थक हुने देखिन्न । किन भने, नेकपा विवादकाे चुराे ओलीकाे राजिनामासँग जाेडिएकाे छ । चुनावी गठबन्धनका बेला गरिएकाे सम्झाैता साडे दुइ बर्षे कार्यकाल संग जाेडिएकाे छ । जुन स्विकार गर्न ओली राजी हुने संकेत देखिदैन र अर्का कार्यकारी अध्यक्ष प्रचण्ड उधाराे सहमति गर्ने पक्षमा छैनन् ।

यान्छी र भण्डारीसंगकाे भेटपछि प्रधानमन्त्री ओली सचिवालय बैठक बाेलाउन र सहभागी हुनुलाइ अडानबाट एक कदम पछाडि हटेकाे बझ्न सकिन्छ । सचिवालय बैठक र मन्त्रिपरिषद् बैठक संगसंगै जस्ताे बस्नुले उनी अझैपनि प्रचण्डलाइ विभिन्न बहानामा अल्झाउने र तर्साउने रणनीतिमै छन् भन्दा फरक पर्दैन् ।

यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीविरुद्ध गम्भीर आरोपसहित प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदन फिर्ता हुनुपर्ने भन्दै बैठक सार्न ओलीपक्षले दबाब दिएपनि प्रचण्डसहित सचिवालयका पाँच सदस्यले प्रतिवेदकाे अपनत्व लिएपछि ओलीकाे प्रचण्ड गलाउने रणनीति पुनः फेल भएकाे छ ।

राष्ट्रपति भण्डारीले गत भदौ २६ गते स्थायी कमिटीले निर्णय गरेअनुसार प्रचण्डलाइ कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्न र ओलीका तर्फबाट अवरोध भएमा आफूले पनि सम्झाउने आश्वासन प्रचण्डलाई दिएकी थिइन्।

तर, प्रचण्डले याे प्रस्ताव सही भएपनि ढिलो भइसकेको भन्दै शितल निवासबाट बाहिरीएका थिए । गत शनिबार प्रचण्डले सचिवालय बैठकमा १९ पेज लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए।

सो प्रतिवेदनमा प्रधानमन्त्रीको आलोचना गरेको भन्दै प्रतिवदेन फिर्ता लिन ओली पक्षले प्रचण्डमाथि निरन्तर दवाब दिइरहेकाे छ । नेकपा विवाद विस्तारै जटिलता तर्फ अगाडि बढि रहेका बेला नेपालकाे आन्तरिक राजनीतिमा निरन्तर हस्तक्षेप गर्दै आएकी राजदुत यान्छीले नेकपा जाेगाउन त सक्तिनन् बरू आफ्नै मर्यादा पाे बचाउने कि !

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा थपिए २५ सय ५९ कोरोना संक्रमित, ५ को मृत्‍यु
पछिल्लाे २४ घण्टामा थपिए २५ सय ५९ कोरोना संक्रमित, ५ को मृत्‍यु
  • २०७७ मंसिर ३, १४: ५४: १०

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८७९८ पीसीआर...

बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए राजीनामा
बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए राजीनामा
  • २०७७ मंसिर ३, १४: ५४: १०

नयाँ विकल्प, काठमाडाैं- बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले...

एमाले अध्यक्ष ओलीले गठन गरे एकपक्षीय स्थायी समिति
एमाले अध्यक्ष ओलीले गठन गरे एकपक्षीय स्थायी समिति
  • २०७७ मंसिर ३, १४: ५४: १०

नयाँ विकल्प, काठमाडाैं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय स्थायी समिति गठन गरेका छन् । पार्टी विवाद समाधानकालागि शिर्ष नेताहरूसंग...

भर्खरै

TOP