May 13, 2021, Thursday

बैतडीमा खाद्यबाली उत्पादनमा बृद्धि

बैतडी–बैतडीमा यो वर्ष गत वर्षभन्दा खाद्यबालीको उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

मुख्य खाद्यबालीका रूपमा रहेको मकै यो वर्ष २० हजार १५९ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष मकै १९ हजार ७६४ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । जिल्लाको १२ हजार ३०० हेक्टर क्षेत्रफलमा मकै खेती गरिन्छ ।

यस्तै यस वर्ष धानबाली उत्पादनमा पनि वृद्धि भएको छ । गत वर्ष १७ हजार १९० मेट्रिक टन उत्पादन भएको धान यो वर्ष बढेर १८ हजार ४९ मेट्रिक टन पुगेको छ । । बैतडीको नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ ।

जिल्लाको सबैजसो ठाउँमा मकैखेती गरिन्छ भने पाटन, हाट, सलेना, सूर्नयालाई धानखेतीको पकेट क्षेत्रका रूपमा चिनिन्छ । यो वर्ष किसानले उन्नत जातको बिउको प्रयोग गरेकाले खाद्यबाली उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

योभन्दा पनि बढी उत्पादन हुने अपेक्षा गरिएको भए पनि जङ्गली जनावरका कारण केही कम उत्पादन भएको बताइएको छ ।

यसैगरी, बैतडीमा यो वर्ष दलहन उत्पादनमा कमी आएको छ । खास गरेर भटमास र मासको उत्पादनमा कमी आएको हो । यो वर्ष भटमास एक हजार ३६५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

गत वर्ष भटमास एक हजार ४३३ मेट्रिक टन उत्पादन भएको थियो । बैतडीको एक हजार ३६५ हेक्टर क्षेत्रफलमा भटमास खेती गरिँदै आएको ज्ञान केन्दका निमित्त प्रमुख चन्दले जानकारी दिए ।

यस्तै यो वर्ष ३१९ मेट्रिक टन मास उत्पादन भएका छन् । गत वर्ष ३५२ मेट्रिक टन मास उत्पादन भएको थियो । जिल्लाको ४१० हेक्टर क्षेत्रफमा मास खेती गरिन्छ । यो वर्ष बढी वर्षा भएकाले दलहन उत्पादनमा कमी आएको निमित्त प्रमुख चन्दले बताउँदै, “दलहन खेती गर्नका लागि चाहिनेभन्दा बढी वर्षा बढी भएकाले कम फलेको देखिन्छ ।”

सम्बन्धित समाचार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त
  • २०७७ मंसिर ४, ११: ५२: २९

नयाँ बिकल्प,पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा...

गण्डकी प्रदेशको मुख्य मन्त्री बन्न कांग्रेसका नेपालीको दाबी, प्रदेश प्रमुखले बनाईन एमालेका गुरुङलाई
गण्डकी प्रदेशको मुख्य मन्त्री बन्न कांग्रेसका नेपालीको दाबी, प्रदेश प्रमुखले बनाईन एमालेका गुरुङलाई
  • २०७७ मंसिर ४, ११: ५२: २९

नयाँ बिकल्प,पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीको लागि प्रदेश प्रमुख सीताकुमारी पौडेलले आव्हान गरे बमोजिम समय सीमा भित्रै तीन दलको समर्थनमा...

सरकारले हवाई ढुवानीको व्यवस्था नगर्दा चिनियाँ बिमानस्थलमा नेपालका स्वास्थ्य सामग्री अलपत्र
सरकारले हवाई ढुवानीको व्यवस्था नगर्दा चिनियाँ बिमानस्थलमा नेपालका स्वास्थ्य सामग्री अलपत्र
  • २०७७ मंसिर ४, ११: ५२: २९

नयाँ बिकल्प,काठमाडौं । नेपाली कांग्रेसले कोभिड १९ महामारीको कारणले संक्रमितको हजारौं संख्या र मृत्यु हुनेको सयांै संख्यामा वृद्धि भइरहँदा नेपालका...

भर्खरै

TOP