मध्य अमेरिकी क्षेत्रमा आएको आइओटा नामक आँधीका कारण मृत्यु हुनेको संख्या बिहीबार ३० पुगेको संयुक्त राज्य अमेरिकाको राष्ट्रिय आँधी व्यवस्थापन केन्द्रले जानकारी गराएको छ ।
गत सोमबार आएको ‘पाँचौँ श्रेणी’को विनासकारी आँधीका कारण मृत्यु हुनेको संख्या ३० पुगेको निकारागुवा राज्य प्रशासनले बताएको छ ।
आँधीको विनासकारी प्रभाव बिहीबारसम्म रहने अमेरिकी मौसम विज्ञान कार्यालयले जानकारी गराएको छ । अमेरिकामा सन् २०२० कै सबैभन्दा ठूलो मानिएको अलसाल्भाडोर क्षेत्रमा आएको एटलान्टिक आँधी भने केही दिनदेखि शान्त बनेको बताइएको छ ।
अमेरिकी आँधी केन्द्रका अनुसार आइओटा विस्तारै शान्त हुने क्रम रहेको तर अन्त्यतिर जनजीवनलाई खतरामा पार्ने गरी मध्य अमेरिकी होन्डुरस, निकारागुवा र ग्वाटेमाला क्षेत्रका विभिन्न स्थानहरूमा पहिरो तथा बाढीको मुख्य असर परेको आँधीजन्य विपत् व्यवस्थापन केन्द्रले जनाएको हो ।
आइओटाका कारण निकारागुवामा दुई बालबालिकासहित सबैभन्दा बढी १८ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
आँधीका कारण होन्डुरसमा १४ व्यक्तिको मृत्यु भएकोमा पाँच जना एकै परिवारका रहेको बताइएको छ ।
नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...
नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...
नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...