November 30, 2020, Monday
सन्दर्भ शान्ति सम्झौताका १५ वर्ष

शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पर्दापछाडि रहेर जोखिम मोल्नेहरु, जो चर्चामा छैनन


काठमाडौं– राज्य र विद्रोहीबाट सर्वसाधरण निशस्त्र नागरिक दैनिक रुपमा अनाहकमा मार्ने र मारिने क्रमभंग गर्न नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको भूमिका नेतृत्वदायी रहे पनि पर्दापछाडि बसरेर जोखिम मोल्नेहरु चर्चामा छैनन् ।

तत्कालिन अवस्थामा शसस्त्र आन्दोलनको नेतृत्व गरिरहेको नेकपा माओवादी र सत्ताको सम्पूर्ण बागडोर सम्हालेका कार्यकारी अधिकारसहितका तत्कालिन राजाको शासनमा हिंसाबाट मुलुकलाई मुक्ति दिलाउने घटनाको ऐतिहासिक दिन मंसिर ५ गते हो ।

तत्कालिन बिद्रोही माओवादीको तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड र साता राजनीतिक दलको तर्फबाट २०६२ साल मंसिर ५ गते भएको ऐतिहासिक १२ बुँदे समझदारी नै हालको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक कार्यदिसा तय गर्ने प्रस्थान बिन्दु थियो । जुन प्रस्थान बिन्दुलाई शान्ति प्रक्रियाको प्रारम्भ नै मानिन्छ ।

१२ बुँदे समझदारी तयार गर्न विद्रोहीको तर्फबाट नेतृत्व गर्ने तत्कालिन अध्यक्ष प्रचण्ड र साता राजनीतिक दलको तर्फबाट गिरिजाप्रसाद कोइरालासहित अन्य ६ दलका अध्यक्ष–नेतृत्वको भूमिका सार्वजनिक भए पनि त्यसको पर्दापछाडि भूमिका खेल्नेहरुको त्यति धेरै चर्चा हुने गरेको छैन ।

तत्कालिन राजाको सक्रिय शासन कालमा सत्ताले नेपाली सेनादेखि सम्पूर्ण सुरक्षा अंगलाई विद्रोही माओवादी र ७ संसदबादी दलले सरकारबिरुद्ध गर्ने शान्तिपूर्ण आन्दोलन र दबाबका बिरुद्ध साम दाम दण्ड भेदको नीति लिएको थियो ।

१२ बुँदे समझदारीले तय गरेको शान्ति प्रक्रियाले ठोस रुप लिन जंगलमा रहेका बिद्रोही माओवादी र खुल्ला राजनीतिमा रहेका ७ संसदबादी दलको आन्दोलन २०६२ चैतदेखि उत्कर्षमा पुगेको थियो ।

आन्दोलन उत्कर्षमा पुगेको बेला नेपाल प्रहरी र शसस्त्र प्रहरीबाट नियन्त्रण सम्भव नदेखेपछि तत्कालिन सत्ताले कफर््युको माध्यमबाट तत्कालिन शाही नेपाली सेनालाई समेत दमनको लागि उतार्ने चेष्टा गरेको थियो ।

निशस्त्र नागरिक शान्तिपूर्ण आन्दोलनमा आउँदा कफर््युको नाममा दमन गर्ने वा नगर्ने भन्ने दोधारमा तत्कालिन शाही नेपाली सेना दोधारमा रहेको थियो । नेपाली सेनाले आफ्नै नागरिकको दमन गर्न हिच्किचायो र शान्तिपूर्ण अवतरणवको लागि सम्पर्क सूत्रको खोजी गरेको थियो ।

जनदमनको सट्टामा शान्तिपूर्ण राजनीतिक अवस्था निर्माण गर्न सेनापति प्यारजंग थापाले सेनाका तत्कालिन सहायक रथी नेपालभूषण चन्दलाई जिम्मेवारी दिएको थियो ।

नेपाली सेनाका एक कुसल अधिकृत समेत भएका नाताले चन्दले नेतृत्वको आदेश नमान्ने कुरै थिएन । तत्कालिन दरबारियाको आशंका र शंकालु दृष्टिकोणलाई समेत प्रवाह नगरी तत्कालिन शाही नेपाली सेनाका सहायक रथी समेत रहेका प्रवक्ता चन्दले निकै जोखिम मोलेर काम गरेका थिए ।

जर्नेल जस्तो मान्छे आन्दोलनकारीसँग भेट गर्न सम्भव थिएन । त्यसैले नेपाली सेनाका मेजर कुशल व्यक्तित्व सुशिल दालाहलाई चन्दले जिम्मेवारी दिएका थिए ।

उनै दाहालले दिएको सम्पर्क सूत्र थियो, तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसादकी पुत्री सुजाता कोइराला । धेरैले सुजातालाई एकोहोरो गिरिजाप्रसादको छोरीको हैसियतमा मात्र बुझ्ने गर्छन् । र,उनै सुजाताको भूमिका छोरी भन्दा पनि एक जोखिम मोल्ने विश्वासिलो राजनीतिज्ञ र शान्ति प्रक्रियाको सारथिको रुपमा देखिएको छ ।

आन्दोलन दबाउन सेनाले प्रत्यक्ष हतियार चलाउन इन्कार गरेपछि मन्त्रिपरिषद्का अध्यक्ष समेत रहेका तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०६३ साल बैशाख ८ गते एक विज्ञप्ति जारी गर्दै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएर सरकार गठनका लागि ७ राजनीतिक दललाई आव्हान गरेका थिए ।

राजा ज्ञानेन्द्रको सो प्रस्तावलाई गिरिजाप्रसादसहित ७ संसदबादी दल र विद्रोही माओवादीले अश्विकार गरेपछि राजाले पुन सेनासँग सहायता र सक्रियताको भूमिका खोजेका थिए । तर, नेपाल सेना भित्र झण्डै ३० नम्वरमा परेका सेनाका प्रवक्ता नेपाल भूषण चन्दले सैनिक नेतृत्वलाई भित्तामा पुगेर राजनीतिक स्थायित्व र शान्ति भंग गर्नु भन्दा स्थायी शान्तिको बाटो अवलम्बन गर्नु उचित हुने सुझाएका थिए ।

नेपाली सेनालाई आफ्नो सत्ता र सक्रिय शासन टिकाउन प्रयोग गर्न खोज्ने तत्कालिन राजा ज्ञानेन्द्रको प्रयास विफल हुनुमा सात राजनीतिक दलको तर्फबाट नेतृत्व लिएका गिरिजाप्रसाद र लो प्रोफाइलमा बस्दै पर्दा पछाडि काम गर्ने उनै सुजाताले १५ वर्षपछि उनै चन्दलाई भेटेकी छन् ।

नेपाली सेनाको बरियतामा दोश्रो तह रथी (लेफ्टिनेन्ट जनरल) सम्म भएका नेपाली भूषण चन्द सेनाबाट निवृत्त भएको एक दशक नाघेको छ ।

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन पर्दापछाडि भूमिका खेल्ने उनै चन्दले बुधबार नेतृ सुजाता कोइरालालाई सम्झिए र दिवा भोजनका लागि आमन्त्रण गरेका थिए । जंगी सेवाबाट निबृत्त भए पनि चन्दको रगतमा जंगी स्वभाव मात्र होइन, उनको नसामा प्रजातन्त्रको रगत थियो र छ ।

राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाको लागि उनै चन्द पिता ललितबहादु चन्द पनि प्रजातन्त्रका सेनानी थिए, जो २०१५ सालको संसदीय निर्वाचनमा कांग्रेसको तर्फबाट संसद सदस्य बने ।
तत्कालिन राजा ज्ञानेन्द्रले २०६३ बैशाख ८ गतेको शाही घोषणालाई सात संसदबादी दल र विद्रोही माओवादीले अश्वीकार गरेकोले प्रतिनिधिसभा पुनस्र्थापनाको घोषणा गर्नु पर्ने सन्देश उनै सुजाताले नेपाल भूषण चन्दमार्फत सैनिक नेतृत्व हुँदै राजा ज्ञानेन्द्रसम्म पुर्याएको थियो ।

शान्ति प्रकृया शुरु भएको १५ वर्ष भइसकेको छ । यसका विषयमा धेरै राजनीतिज्ञले आ आफ्नो भूमिकाको दाबी र योगदानको चर्चा गरिरहँदा यि दुई पात्रले भने कुनै खुलासा गरेका छैनन् ।

‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनको लागि प्रतिनिधिसभा पुनस्र्थापनाको घोषणा तत्कालिन राजाबाट गराउनु पर्छ भनेर मैले नै सात दलको निर्णय नेपाल भूषणजीसँग पुर्याएको हुँ’, कांग्रेस नेतृ सुजाता कोइरालाले नयाँ विकल्पसँग भनिन् ।

उनले मुलुकमा स्थायी शान्ति कायम गर्न नेपालीको हत्या र हिंसा बन्द गर्ने तथा गिरिजाप्रसाद कोइरालाको भावना बमोजिम सहमति, सहकार्य र एकताको लागि आफूले सैनिक नेतृत्वसँग गोप्य रुपमा भूमिका खेलेको स्वीकारिन् ।

सम्बन्धित समाचार

अमेरिका र भारतमा प्रतिबन्ध टिकटक अकाउन्ट प्रधानमन्त्री ओलीले खोले
अमेरिका र भारतमा प्रतिबन्ध टिकटक अकाउन्ट प्रधानमन्त्री ओलीले खोले
  • २०७७ मंसिर ४, १७: ५८: ४६

नयाँ विकल्प, काठमाडौं – मित्रराष्ट्र भारत र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागिरहेका बेला नेपालमा भने प्रधानमन्त्री केपी शर्मा ओलीले भने एकाउन्ट...

कुनै पनि शिक्षकहरु पार्टीमा लागेका छन् भने उनीहरुलाई सेवाबाट वञ्चित गर्नुपर्छ
कुनै पनि शिक्षकहरु पार्टीमा लागेका छन् भने उनीहरुलाई सेवाबाट वञ्चित गर्नुपर्छ
  • २०७७ मंसिर ४, १७: ५८: ४६

तीनपाटन गाउँपालिकालाई कोरोनाले कत्तिको पिरोलो त ?कोरोनाले नेपाललाई मात्रै नभएर विश्वलाई नै प्रताडित बनाएको छ । त्यसमा तीनपाट गाउँपालिका अछुतो रहने...

भरतपुर महानगरपालिका-५ को वडा कार्यालय भवन शिलान्यास
भरतपुर महानगरपालिका-५ को वडा कार्यालय भवन शिलान्यास
  • २०७७ मंसिर ४, १७: ५८: ४६

नयाँ विकल्प चितवन – भरतपुर महानगरपालिका वडा नम्बर ५ को वडा कार्यालय भवन शिलान्यास भएको छ । सोमबार महानगरपालिकाको वडा...

भर्खरै

TOP