नयाँ विकल्प,
काठमाडाैं-एउटा प्रश्न अहिलेसम्म अनुत्तरित नै छ । दुइतिहाइ सरकारका प्रधानमन्त्री केपी ओलीकाे सबैभन्दा विश्वासपात्र सरकारका दाेस्राे वरियताक्रममा समेत रहेका, उपप्रधानमन्त्री इश्वर पाेखरेल एकाएक रक्षामन्त्रालयबाट किन लखेटिए ? किन घटुवामा परे ? याे विषयमा अनेकाै अटकलबाजी गरिदै ,आएकाे छ ।
तर यसकाे पछाडि ठ्लाे काण्ड मच्चिएकाे स्राेतकाे दाबी छ । उच्च स्राेतका अनुसार रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री पाेखरेल नेपाली सेनाकाे मेसीनरी समान खरिद अनियमितताकाे स-प्रमाण प्रधानमन्त्री ओलीकाे हातमा पुगेपछि पाेखरेलले रक्षामन्त्रालयबाट हात धुनुपरेकाे थियाे ।
याे त उनकाे पछिल्लाे काण्ड थियाे, त्यसअघि तिनै उपप्रधानमन्त्री र प्रधानमन्त्री ओली नजिकका पाेखरेल ओम्नी र सिसिएमसी घाेटालमा फसे । तर उनी नेकपा भित्रकाे राजनीतिक जाेडघटाउका कारण जाेगिएका छन् । तर पछिल्लाे पटक पाेखरेलले गरेकाे घाेटालकाे सप्रमाण प्रधानमन्त्रीकाे हातमा अनियमितताकाे फाइल पुगेपछि उनी जाेगिएनन् । रक्षाबाट त्यै कारण पाेखरेल लखेटिए, उनकाे भुमिका यतिवेला प्रधानमन्त्रीकाे स्वकिय सचिव भन्दा माथी छैन् ।
स्राेतका अनुसार उपप्रधान तथा रक्षामन्त्री पाेखरेल नेपाली सेनाकाे गाेली गठ्ठा तयार गरिने सुन्दरीजल आर्शनलमा काेरियन कम्पनीकाे मेसीन खरिदमा १५ कराेड भ्रष्टचारकाे फाइल प्रधानमन्त्रीकाे हातमा पुगेकाे छ । साेहि प्रकणमा मुछिएपछि उनी रक्षाबाट तानिएर विनाविभागीयमा सिमित बनेका छन् ।
देशमा कानुनी राज्य हुन्थ्याे भने यतिवेला इश्वर पाेखरेल कानुनी दायरामा हुन्थे र प्रहरी प्रशासन उनीमाथी अनुसन्धान गरिरहेकाे हुन्थ्याे । तर विडमबना रक्षाबाट लखेटिएका पाेखरेल यतिवेला त्यहि अनुसन्धन गर्ने निकाय नेपाल प्रहरीमा कब्जा जमाउँदै छन् । गृहमन्त्रीकाे जिम्मेवारी सम्हालेका रामबहादुर थापा निरिह छन ।
गत साेमबार बसेकाे मन्त्री परिषद्ले नेपाल प्रहरीमा ५ डिआइजी र एक एआइजीकाे दरबन्दी थप गर्ने निर्णय गर्याे । गृहमन्त्रालयले ५ डिआइजीमात्र थप्ने प्रस्ताव सहितकाे संगठनात्मक स्वरुप निर्धारण (ओएनएम) मन्त्री परिषद्मा पठाएकाे थियाे ।
तर मन्त्रिपरिषद्ले १ एआइजी समेत थपेकाे निर्णय गर्याे । गृहमन्त्रालय र स्वयं प्रहरी मुख्यालय यतिवेला आचर्यमा छ । विना ओएनएम र विना छलफल र जानकारी विना एआइजीकाे दरबन्दी कसरी थपियाे ?
सुरक्षा स्राेतका अनुसार गृहमन्त्रालय र प्रहरी मुख्यालयकाे प्रस्ताव विपरित एआइजी थप्ने प्रस्ताव तिनै रक्षामन्त्रालयबाट लखेटिएका विना विभागीय हैसियतमा रहेका उपप्रधानमन्त्री इश्वर पाेखरेलकाे डिजाइनमा मन्त्रीपरिषद्ले निर्णय गरेकाे हाे ।
गृहमन्त्री थापा आफुलाइ जानकारीनै नभएकाे विषयमा आएकाे प्रस्ताव विरूद्द मन्त्रिपरिषद्मा विराेध सम्म गर्न सकेनन् ।
गृहमन्त्रालयले तयार पारेकाे ओएनएम विपरित दरबन्दी थपकाे साे निर्णय एकाएक पारित गरिएकाे छ । निकै चलाखी पूर्ण रूपमा गरिएकाे याे निर्णयका पछाडि तिनै रक्षाबाट हटाइएका पाेखरेलले आफु निकट एक डिआइजीलाइ एआइजीमा बढुवा गर्ने षडयन्त्र लुकेकाे छ । याे विषय स्वयं प्रधानमन्त्रीलाइ समेत गुमराहमा राखिएकाे बताइएकाे छ । रक्षाबाट लखेटिएपछि प्रधानमन्त्री निवास बालुवाटामा सिमित रहेका पाेखरेल गृहमन्त्रालयकाे क्षेत्रधिकारमा समेत कैचि चलाएकाे भन्दै चाैतर्फि विराेध भैरहेकाे छ ।
आफ्नै निर्णय विपरित प्रधानमन्त्रीकाे निर्णय !
गत चैत २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीकाे अध्यक्षतामा बसेकाे मन्त्रिपरिषद् बैटकले नेपाल प्रहरीमा प्रशासनतर्फ रहेकाे २६ डिआइजी पद घटाएर एकाएक १४मा झार्याे । विना आधार दरबन्दी घटाउँदा बढुवाकाे राेल क्रममा रहेका आईजीपी शैलेश थापा क्षेत्रीकै ब्याचका एसएसपी गणेश ऐर पुरुषोत्तम कँडेल, १०१ ब्याचका दिवेश लोहनी, देवबहादुर बोहरा, दिलिप चौधरी, राजेशलाल कर्ण, सौरभ राणा र रामकृपाल शाह पछाडि पारिए ।
संगठनमा उपल्लाे दरबन्दी कटाैति गर्दा संगठनमा चरम निराशा छायाे । प्रधानमन्त्री केपी ओलीकाे एकल हठका कारण घटाएकाे दरबन्दी ६ महिनामा उल्टियाे । यसकाे पछाडि आफु निकटलाइ बढुवा गर्ने र कतिपय अब्बल प्रहरी अधिकारीलाइ पाखा लगाउने मनशाय रहेकाे स्पष्ट देखिन्छ ।
उपप्रधानमन्त्री इश्वर पाेखरेले आफु निकट डिआइजी विश्वराज पाेखेललाइ एआइजीमा बढुवा गर्ने र २९ औं आइजीपीमा नियुक्त गर्ने उदेश्य रहेकाे स्राेतकाे दावी छ । तर पाेखरेलका सहब्याचि डिआइजीहरू धिरजप्रताप सिंह, शहकुल थापा, बसन्त लामा, उत्तम सुबेदी रविन्द्र धानुक समेत एआइजीकाे प्रतिस्पर्धी रहेकाेले पाेखरेलकाे एकल नियुक्ति त्यति सजिलाे भने देखिदै
डीआईजी हरिबहादुर पाल, प्रद्युम्न कार्की र निरज शाही प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएपछि तीन वटा डीआईजीका पद खाली छ थपिएकाे ५ डिअाइजीमा आईजीपी शैलेश थापा क्षेत्रीकै ब्याचका गणेश ऐरसहित पुरुषोत्तम कँडेल, दिवेश लोहनी, देवबहादुर बोहरा, दिलिप चौधरी, राजेशलाल कर्ण, सौरभ राणा र रामकृपाल शाह प्रतिष्पर्धामा छन् ।
त्यस्तै, उमेश रञ्जित, सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री र मोहमद आलम खाँ पनि बढुवाको आकांक्षी हुन् ।
नयाँ बिकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ओली समूहले सन्ध्या तिवारी अध्यक्ष रहेको...
नयाँ बिकल्प, काठमाडौं – चन्द्रागिरी नगरपालिकास्थित विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण हुने भएको छ । भारत सरकारको ६करोड ४९ लाख रुपैयाँ...
नयाँ बिकल्प, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी सदस्य पम्फा भुसालले नेपाली सेना, सशस्त्र प्रहरी र...