श्रीमती हत्याको अभियोगमा पक्राउ परेका एक जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
गत असोज १५ गते श्रीमती हत्याको आरोपमा पक्राउ परेका गौरादह नगरपालिका–१ का ६४ वर्षीय भीमबहादुर भण्डारीलाई जिल्ला अदालत झापाको आदेशमा पुर्पक्षका लागि जेल चलान गरिएको प्रहरीले जानकारी दिए ।
गत असोज १२ गते भण्डारीकी ६५ वर्षीया श्रीमति मनमाया भण्डारी आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् ।
घटनास्थलको अनुसन्धान, घरपरिवार, स्थानीयवासी, छरछिमेकका व्यक्तिसँग गरिएको कुराकानी र शव परीक्षणको रिपोर्टमा उल्लेख भएको मृत्युको समयमा मृतक मनमायाका श्रीमान भीमबहादुर घरमै रहेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको थियो ।
अदालतबाट असोज १६ गते म्याद थप गरी थप अनुसन्धान भई रहेकामा बिहीबार झापा अदालतको आदेशले भण्डारीलाई पुर्पक्षका लागि जिल्ला कारागार चन्द्रगढी चलान गरेको हो ।
नयाँ बिकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ओली समूहले सन्ध्या तिवारी अध्यक्ष रहेको...
नयाँ बिकल्प, काठमाडौं – चन्द्रागिरी नगरपालिकास्थित विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण हुने भएको छ । भारत सरकारको ६करोड ४९ लाख रुपैयाँ...
नयाँ बिकल्प, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी सदस्य पम्फा भुसालले नेपाली सेना, सशस्त्र प्रहरी र...