June 21, 2021, Monday

काठमाडौं-ढल्केवर प्रशारण लाइनकाे लुप जाेडियाे


नयाँ विकल्प
काठमाडाैं- नेपाल विद्युत प्राधिकरणले काठमाडौं-ढल्केवर प्रशारण लुप (सर्कल) जडान गरेको छ। प्राधिकरणले २०७३ सालमा ढल्केवर-खिम्ती लाइन जडान गर्दा यो लुप भने जडान भएको थिएन। प्राधिकरणले ग्रिडका दक्ष इन्जिनियरको टोलीले खिम्ती सबस्टेशनमा १३२ केभी लाइनको कनेक्सन र भित्रका कनेक्सन परिवर्तन गरी सो लुप जाेडेकाे हाे ।

याे स्वविच नजाेडिएका कारण विगतमा औद्योगिक क्षेत्रमा पटक पटक लाइन काटिने गरेकाे थियाे । याे समस्या समाधान भई अव आइतबार देखि सो लुप चालु रहने छ । एउटा सर्किट ढल्केबरबाट पश्चिम चन्द्रनिगाहपुर, हेटौँडा हुँदै कुलेखानी, स्युचाटार, बालाजु भएर भक्तपुर हुँदै लामासाँघु र खिम्तीसम्म पुग्ने गरेकाे थियाे ।

अर्को खिम्तिबाट लामासाँघु, भक्तपुर हुँदै काठमाडौँ प्रवेश हुन्थ्यो। त्यस्तो अवस्थामा बानेश्वरतिर बिजुली पुगने भने हेटौँडातिरको लाइनबाट बिजुली ल्याएर जोड्नुपथ्यो भने त्यता ओभरलोड हुँदा भक्तपुरतिरबाट ल्याएर जोड्नुपथ्यो। कहिले पूर्वबाट कहिले पश्चिमबाट जोड्नुपर्ने बाध्यताले ती दुईको लुप प्रसारण कहिल्यै पनि एकै ठाउँमा जोडिन पाएन। अब एउटै लुप भएपछि जहाँ जति अपुग भयो भने त्यही लुपबाट प्रशारण हुने र ‘मेक बिफोर ब्रेक’ गरिँदा विद्युत काट्नु पर्ने बाध्यता नहुने भएकाे छ ।

यसैबीच यसपालिको जाडो यामका लागि २ सय ५० मेगावाटसम्मको बिजुली आयातको लागि भारतले गत आइतबारमात्रै स्वीकृत दिएको छ। २ सय ५० मेगावाटमध्ये केही (८० देखि १५० मेगावाट ) २४ घन्टा लिनुपर्ने खालको र बाँकी बिजुली आवश्यक पर्दामात्र लिए हुने अवस्था रहेको पनि प्राधिकरणले जानकारी दिएको छ। यो स्वीकृति जुन २०२१ सम्मलाई हो ।

त्यो समयसम्म नेपालको आफ्नै बिजुली अधिक हुने हुँदा निर्यातको लागि वार्ता भइरहेको बताइएको छ। गत हप्ता मात्रै ढल्केवर मुजफ्फरपुर लाइन ४०० केभीमा चार्ज भइ भारतबाट ४०० केभीमा पहिलो पटक बिजुली प्रवाह भएको हो।

सम्बन्धित समाचार

१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
१६ डीआईजीको सरुवा, सीआइबीमा धिरज प्रताप सिंह
  • २०७७ मंसिर ७, ११: १७: ५६

नयाँ विकल्प, काठमाडाैं-गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको...

ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
ह्वीप उलंघनपछि कारबाहीमा परेका लुम्विनीका जसपाका ४ सांसदको मुद्धा पूर्ण इजलासमा
  • २०७७ मंसिर ७, ११: १७: ५६

नयाँ बिकल्प, काठमाडौंः पार्टीको ह्वीप उलंघन गरेको भन्दै कारबाहीमा परेका जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दा अब...

के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
के निधी साँच्चै देउवालाई टक्कर दिने तयारीमा हुन ?
  • २०७७ मंसिर ७, ११: १७: ५६

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवशेन आगामी भदौ १६ देखि १९...

भर्खरै

TOP