March 9, 2021, Tuesday

देशमा शान्ति र स्थायित्वका लागि नेपाली कांग्रेस प्रवेश अपरिहार्य

किरण गिरी

काठमाडाैं- आफ्नो १४ औं महाधिवेशनको तयारीमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस मंसिर महिनाभर क्रियासिल सदस्यता नवीकरण र बितरण अभियान लिएर देशभरका ७५३ वटै स्थानीय तहका वडाहरुमा आइरहेको छ ।

१४ औं महाधिवेशनको प्रयोजनका लागि जिल्लाहरुमा वितरण भइरहेको नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरण सम्बन्धमा, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाले नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरण तथा एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको नविकरणको सूची तयार गरी, प्रकाशन गरी अनिवार्य रुपमा केन्द्रमा पठाइसक्नु पर्ने अवधि २०७७ मंसिर मसान्तसम्म तोकेको छ ।

यो अभियानमा सामेल भएर देशको लोकतान्त्रिक शक्ति नेपाली कांग्रेसलाई बलियो बनाउदै आफ्नो राजनीतिक भविस्य सुनिस्चित बनाउन राप्रपाका सबै नेता कार्यकर्ताहरुमा अपिल गरिन्छ । जहाँ राजनीतिक भबिस्य छैन, त्यहाँ बसिरहनु आफू र आफ्नो पुस्तालाई समेत धोका दिनु हो ।

अस्ताउँदो राप्रपालाई बिदा दिँदै समयमा नै उचित निर्णय लिन र नेपाली कांग्रेसको क्रियासिल सदस्यता बितरण अभियानमा सामेल हुन अब ढिला नगराैं।

नीति ,सिद्धान्त र नेतृत्वको खडेरी परेर अब छिट्टै गोरखा परिषद् र प्रजा परिषद् जस्तै नेपाली राजनीतिबाट इतिहासको पाना कैद हुन पुगिरहेको राप्रपामा रहेका संपुर्ण जुझारु कार्यकर्तालाई सहासिक ऐतिहासिक निर्णय गरेर बाँकी राजनीतिक उर्जावान जीवन खेर नफाल्न समेत हार्दिक अपिल गर्दछु ।

कांग्रेस नै किन ? २००७ सालदेखि २०४६ साल , २०६२–६३ आन्दोलन , नेपालमा जनयुद्ध स्थगन र हतियार ब्यबस्थापन , संबिधान सभाको निर्बाचन तथा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणामा नेपाली कांग्रेसको भूमिका नेतृत्वदायी रहेको छ ।

यो यथार्थ हो ,कांग्रेस कै कारण शान्ति र संबिधान । कांग्रेस कै गणतन्त्र र स्वाभिमान । मुलुक र जनताको बिस्वासिलो र भरपर्दाे लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस नै भएकोले नेपाली कांग्रेसमा आबद्ध हुन लोकतन्त्र र समृद्धिप्रति प्रतिबद्ध तमाम कार्यकर्तामा हार्दिक अपिल समेत गर्दछु । नेपाली कांग्रेसको अपरिहार्यता र अनिवार्यता नेपाली राजनीतिक भबिस्यमा प्रबल रहेको छ । राप्रपाको बिकृत रुपः कहीँ नभएको जात्रा हाँडीगाउँमा भने झै एउटा पार्टीमा तीन – तीन जना अध्यक्ष बिगत २० बर्षदेखि कोही पनि जनताबाट प्रत्यक्ष निर्बाचित हुन सकेका छैनन् ।

उनिहरु आ–आफ्नै स्वार्थ, सत्ता, पदलोलुपताबाट ग्रसित भएको तथ्य बारम्बार इतिहासले पुष्टि गरिसकेको छ । पार्टीमा बबण्डर मच्चाएर संबिधान सभामा जानु, सबै प्रधानमन्त्री अन्तर्गत पदलोलुप भएर बारम्बार एउटै ब्यक्तिले निरन्तर उपप्रधानमन्त्री खानु, जनताले हराइसके पछी २६ जनामा मनोनीत हुन पार्टी नैं तहसनहस बनाउनु, यस्तो पात्र र प्रवृत्तिहरुले नेतृत्व गरेको राप्रपामा अब पनि युबा, बिद्यार्थी र जुझारु युबा कार्यकर्ताको भबिस्य छ भनेर कल्पना पनि गर्न सकिदैन । यो यथार्थता लाई स्मरण गर्दै देशभरीका राप्रपा कार्यकर्ताहरु भोलि होइन आजा र आज होइन अहिले नै राजनीतिक निर्णय गर्दै नेपाली कांग्रेसमा आबद्ध हुनु जरुरी देखिन्छ ।

मंसिर महिनाभर देशभर संचालन भैरहेको क्रियासिल सदस्यता बितरण अभियानमा सामेल बनौ । इतिहास देखि भबिस्यसम्म नेपाली कांग्रेस आज मुलुकमा संबिधान निर्माणदेखि राजनीतिक स्थिरता ,आम निर्बाचन र गणतन्त्र संस्थागत गर्न नेपाली कांग्रेसको नेतृत्वदायी भुमिकाको कारण मात्रै संभव भएको हो । नेपाली कांग्रेसका पूर्बसभापतिहरू स्वर्गीय गिरिजाप्रसाद कोइराला र स्वर्गीय शुशील कोइरालाको सहासिक र दूरगामी निर्णयका कारण नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो ।

यो यथार्थलाई नेकपाले नजरअन्दाज गर्न मिल्दैन । गत निर्बाचनमा कांग्रेसलाई घेराबन्दी गर्दै छापामार शैलीमा रातारात पार्टी एकताको घोषणाबाहेक नेपालका कम्युनिस्टहरु कांग्रेस कै नेतृत्व र अगुवाईमा अगाडि बढ्दै र बामे सर्दै आएका हुन । आन्दोलन र परिबर्तनका तथ्यहरुले यही भनिरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आगामी १४ औ केन्द्रीय महाधिवेशनको तयारीमा लाग्दै गर्दा उसले बर्तमान नेपाली राजनीतिलाई सुक्ष्म रुपमा अध्ययन एबम् विश्लेषण गर्नु र भाबी रणनीति बनाउनु जरुरी छ ।

जसरी नेपालको सबैखाले आन्दोलन र परिबर्तनमा नेपाली कांग्रेसको नेतृत्वदायी भुमिका रह्यो त्यसरी नै मुलुकको समृद्धि र बिकासमा नेपाली कांग्रेस ले अभिभावकिय भुमिका र जिम्मेवारी निभाउनु आबश्यक देखिन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै बिश्वास र भरोसायुक्त नेपाली कांग्रेस अब नेपालको लोकतान्त्रिक अभिभावक बनेर अगाडि बढ्नु पर्दछ ।

नेपाली कांग्रेसमा आबद्ध भएर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकास गर्न र मुलुकको समृद्धिमा योगदान र्पुयाउन राप्रपाका स्वाभिमानी कार्यकर्ताहरु अब नेपाली कांग्रेसमा प्रवेश गरेर आफ्नो र सन्ततिको बाँकी राजनीतिक भबिस्य बचाउनु अत्यावश्यक देखिन्छ । देशको राजनीतिक यथार्थलाई स्वीकार्दै अगाडि बढौ, नेपाली कांग्रेसमा आबद्ध रहौ ।

नेपालको स्थाइ , राजनीतिक शक्ति भनेको नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी नै हो । गएको चुनावले त्यो तथ्य पुष्टि र प्रमाणित गरिसकेको छ । मधेसबादी राजनीतिक दलहरुको भुमिका पनि परिपक्व र रचनात्मक हुनु जरुरी छ । यिनै तीन शक्तिको वरिपरि नेपाली राजनीति घुमिरहने अबस्था देखिन्छ ।

अन्य प्रतिगामी स्वाभाव र चरीत्र भएका राजनीतिक झुन्डहरु धमिलो पानीमा माछा मार्ने दाउमा रहेता पनि अब उनीहरु राजनीतिक दलको रुपमा विकसित हुन सक्दैनन । उनिहरुले गोरखा परिषद र प्रजा परिषद जस्तै नियति भोग्नु अबस्यम्भाबी छ । उनीहरुको बारेमा चर्चा गरेर समय ,श्रम , शक्ति खेर नफालौं । लेखक किरण गिरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्

सम्बन्धित समाचार

कञ्चनपुरमा चितुवा आतंकले वासिन्दा त्रसित
कञ्चनपुरमा चितुवा आतंकले वासिन्दा त्रसित
  • २०७७ मंसिर ७, १३: ५४: ५१

नयाँ विकल्पकञ्चनपुर–चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका बासिन्दा निकै चिन्तित भएका छन् । गाउँजजिकैको लक्ष्मी...

बैशाख महिनाबाट हुलास आइरन इण्डष्ट्रिज सञ्चालन हुँदै
बैशाख महिनाबाट हुलास आइरन इण्डष्ट्रिज सञ्चालन हुँदै
  • २०७७ मंसिर ७, १३: ५४: ५१

नयाँ विकल्पवाग्मती–पर्सा जिल्लामा करिब रु ९० करोडको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना भई सञ्चालनको प्रक्रियामा रहेको छ । उद्योग निर्माणको...

लक्ष्यभन्दा अगाडि नै छात्रावास भवन निर्माण सम्पन्न
लक्ष्यभन्दा अगाडि नै छात्रावास भवन निर्माण सम्पन्न
  • २०७७ मंसिर ७, १३: ५४: ५१

नयाँ विकल्पम्याग्दी–जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माविको छात्रावास भवन निर्माण सकिएको छ । ढिलासुस्तीका कारण अधिकांश विकास आयोजना...

भर्खरै

TOP