May 17, 2021, Monday

स्वाथ्य चौकी उद्घाटन गर्न प्रधानमन्त्री ओली ताप्लेजुङमा


नयाँ विकल्प,
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी हिमाली जिल्ला ताप्लेजुङको घुन्सामा निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन गर्न हेलिकोप्टर लिएर त्यसतर्फ लागेका छन् ।

प्रधानमन्त्री ओलीसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई पनि त्यसतर्फ गएका छन् ।

पर्यटन मन्त्री योगेश भट्टराई विगत दुई सातासम्म गृह जिल्ला ताप्लेजुङमा थिए । मन्त्री भट्टराईकै जोर बलमा प्रधानमन्त्री ओलीलाई घुन्सापछि उत्तरको छिमेकी चीनको तिब्बती सीमामा रहेको ओलाचुङगोला हुँदै इलाम पुग्ने कार्यक्रम छ ।

नेकपा संसदीय दलका उपनेता नेम्वाङको निर्वाचन क्षेत्रमा पर्ने इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरी बलको बीओपी (बोर्डर आउट पोष्ट) को समेत निरीक्षण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

९ महिनाअघि मृगौलाको दोश्रो पटक प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओलीको उपत्यकाबाहिरको यो दोश्रो भ्रमण हो । उनी गत कात्तिक २६ गते संखुवासभास्थित चीनको तिब्बती सीमा किमाथांका र अरुण तेश्रो जलविद्युत आयोजनाको भ्रमण गरेका थिए ।

गत कात्तिक तेश्रो साता पार्टीका बहुमत सचिवालय सदस्यले बैठक राख्द दबाब दिएपछि त्यसलाई छल्न संखुवासभा पुगेका प्रधानमन्त्री ओली सोमबार बिहानै ताप्लेजुङतर्फ लागेका हुन् । प्रधानमन्त्रीले स्वास्थ्य चाैकी उद्घाटनपछि भाषण गर्ने कार्यसूची रहेकाे बुझिएकाे छ ।

सरकारले मुलुकका ७५३ वटै स्थानीय तहमा ५ देखि १५ शैया क्षमताको अस्पताल निर्माण गर्ने निर्णय गत कात्तिक २८ गतेको मन्त्रिपरिषद बैठकले गरेको थियो ।

अस्पताल निर्माणको लागि आवश्यक पर्ने जमिन र भौतिक पूर्वाधारको अध्ययन नै नगरी सरकारी आगामी मंसिर १५ गते सबै स्थानीय तहमा अस्पतालको शिलान्यास गर्ने घोषणा गरिसकेको छ ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ मंसिर ८, १२: ५२: २३

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ मंसिर ८, १२: ५२: २३

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ मंसिर ८, १२: ५२: २३

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP