May 17, 2021, Monday

नेकपा वीरगन्जका नेता चौरसिया हत्याका मुख्य आरोपी पक्राउ

नयाँ विकल्प

काठमाडाैं- पक्राउ परेका अशेसरप्रसाद चौरसिया।पक्राउ परेका अशेसरप्रसाद चौरसिया। प्रहरीले पर्सा, विन्दवासिनी गाउँपालिका नेकपा पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यारामा संलग्न मुख्य आरोपीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही गाउँपालिका-३ का ३८ वर्षीय अखिलेशप्रसाद भनिने अशेसरप्रसाद चौरसिया रहेका छन्। उनलाई प्रहरीले आइतबार वीरगन्ज-२५ स्थित अलौ सिर्सियाबाट पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले बताइन्।

चौरसियाको हत्या गत कात्तिक ६ गते भएको थियो। त्यसयता अशेसर फरार थिए। अलौ नेपाल-भारतको दसगजा क्षेत्र हो। उनी त्यहाँ लुकिछिपी बसिरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली गएको थियो।

विन्दवासिनी-५ मा पार्टीको सपथग्रहणका क्रममा दुई समूहबीच विवाद हुँदा चौरसियालाई बाँसले टाउकोमा प्रहार गरिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको थियो। सो घटनामा मुख्य तीन आरोपीमध्ये दुई जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ मंसिर ८, १३: ४६: १२

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ मंसिर ८, १३: ४६: १२

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ मंसिर ८, १३: ४६: १२

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP