नयाँ विकल्प
काठमाडाैं – सरकारले काेराेना संक्रमण नियन्त्रणकालागि प्रत्यक्ष रूपमा खटिने स्वास्थ्यकर्मीलाइ तलबकाे शतप्रतिशत भत्ता उपलब्ध गराउने घाेषणा गरेकाे थियाे । काेराेना महामारीबीच देशभरका स्वास्थ्यकर्मीले ज्यान जाेखिममा पारेर काम गरिरहेका छन् ।
सरकारले काेराेना नियन्त्रणकाे सबैभन्दा पहिलाे पंत्तिमा खटिएका तिनै कर्मचारीले सेवा सुविधा नपाउँदा हप्ताैदेखि आन्दाेलमा छन् । कोभिड १९ जोखिम भत्ता उपलब्ध नगराएको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मीहरुले ३६ दिनदेखि आन्दोलन गरिरहेका छन् ।
औषधि खरिद, सेवा विस्तार, कोभिड जोखिम भत्ता उपलब्ध गराउनु पर्ने उनीहरुको माग छ ।आन्दोलनरत स्वास्थ्यकर्मी र अस्पताल व्यवस्थापनबीच पटक पटक छलफल भएपनि कुनै सहमति भएको छैन् ।
आन्दोलनरत स्वास्थ्यकर्मीहरूले सरकारले माग पुरा नगरे अझै कडा आन्दोलन हुने बताइरहेका छन् । संघिय सरकारकाे आँखै अगाडिकाे अस्पतालमा कार्यरत कर्मचारीकाे याे अबस्था छ भने दूर दराजका स्वास्थ्यकर्मीकाे वेदना के हाेला ?
काेराेना संक्रमण नियन्त्रणमा खटिएका दुर दराजका स्वास्थ्यकर्मीले कुन मनाेवलले काम गरिरहेका हाेलान ? संघीय शासन प्रणाली अनुसार देशमा ७ सय ५३ स्थानीय तह छन् । ती स्थानीय अधिकांश भवन भाडामा सञ्चालन गरिएकाे छ । तर, सरकारले यसै हप्ता सबै स्थानीय तहमा ५ देखि १५ शैयाका अस्पताल स्थापना गर्ने निर्णय सरकारले गरेकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीकाे विषेश पहलमा संभाब्यता अध्ययनसहित यही मंसिर १५ गते सबै स्थानिय तहमा स्थापना हुने अस्पतालकाे शिलन्यासकाे कार्यतालिका तय भैसकेकाे छ । सरकारी जग्गा र भवन अवभावका कारण भाडामा रहेका स्थानीय तहले अस्पताल भवन कहाँ बनाउने र शिलन्यास कहाँ गर्ने हाे भन्ने अन्याेल छ ।
नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...
नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...
नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...