काठमाडाैं- स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला रु एक हजार ८०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको छ ।
सोमबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको छापावाला सुन आज रु एक हजार ८०० ले ओरालो लागेको हो । यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजारमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार २१० मा कारोबार भएकामा आज प्रतितोला रु ३० ले ओरालो लागेर रु एक हजार १८० मा कारोबार भएको छ ।
नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...
नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...
सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...