मोरङ–प्रदेश नं १ सरकारअन्तर्गतको मोरङको बूढीगङ्गास्थित मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेशनबीच सीपमूलक तालिम तथा स्रोत केन्द्र सञ्चालनका लागि सोमबार यहाँ सम्झौता गरिएको छ ।
विश्वविद्यालय अन्तर्गतको विराटनगर महानगरपालिका–१४ स्थित विराट साइन्स क्याम्पसको भवनमा विभिन्न सीपमूलक तालिम सञ्चालन गर्न पाँच वर्षका लागि सम्झौता भएको छ ।
सामाजिक विकासमन्त्री तथा मनमोहन प्राविधिक विश्वविद्यालयका सहकुलपति जीवन घिमिरे, बूढीगङ्गा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी, विश्वविद्यालयका प्रमुख सुवासश्री पोखरेल, करुणा फाउण्डेशनका सहनिर्देशक योगेन्द्र गिरीलगायतको उपस्थितिमा सम्झौता गरिएको हो ।
सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनको सहकार्यमा अपाङ्गता पुनःस्थापना सम्बन्धी विभिन्न सीपमूलक तालिम र विश्वविद्यालयका सीपमूलक तालिम सञ्चालनका लागि आगामी २०८२ भदौ मसान्तसम्मका लागि सम्झौता गरिएको विश्वविद्यालयका प्रशासन प्रमुख मदन प्रधानले जानकारी दिए ।
सम्झौतामा विराट साइन्स क्याम्पसको भवनमा तालिम तथा स्रोत केन्द्र सञ्चालनका लागि आवश्यक मर्मतकार्यका लागि करुणा फाउण्डेशनले रु ५० लाख खर्च गर्ने भएको छ ।
विराट साइन्स क्याम्पसको सम्पत्ति र दायित्व मनमोहन विश्वविद्यालयलाई गत भदौ ४ गते हस्तान्तरण गरिएको थियो । विराट साइन्स क्याम्पसका अध्यक्ष भूराज राईले करिब रु ४० करोडको सम्पत्ति तथा दायित्व विश्वविद्यालयका प्रमुख पोखरेललाई हस्तान्तरण गरेका थिए ।
सामाजिक विकासमन्त्री घिमिरेले मनमोहन प्राविधिक विश्वविद्यालय अहिले पाठ्यक्रम तयारीमा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्न करिब एक वर्ष लाग्ने भएकाले तत्कालका लागि प्रदेश सरकारले सीपमूलक तालिम तथा स्रोत केन्द्र सञ्चालन गर्न लागेको बताए ।सामाजिक विकास मन्त्रालय र मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गतका तालिम विराट साइन्स क्याम्पसको भवनबाट शुरु गरिने जानकारी दिए ।
नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...
सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...
नयाँ विकल्प कुस्मा- राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानासम्मको सबस्टेशनको निर्माण सम्पन्न...