April 23, 2021, Friday

नेपाली अर्थतन्त्रमा विद्यमान चुनौती

दुर्गाप्रसाद गौतम,

काठमाडाैं-विश्व मानचित्रमा दुई ठूला मुलुकहरू भारत र चीन विच अवस्थित सानो भूपरिवेष्ठित हाम्रो मुलुक नेपाल यसको विकासक्रम र एकिकरणको अभियान पश्चात नै दीर्घकालीन विकास तथा समुन्नतिका लागि ज्यादै उत्साहित तथा लालायित हुँदा हुँदै पनि वर्तमान समय सम्म पनि विश्वका अति कम विकसित मुलुकहरूमध्येको एक रहीरहन वाध्य भएको तथ्य वर्तमान नेपाली अर्थव्यवस्थाले भोगिरहेको वस्तुनिष्ट सत्य हो ।

नेपाली अर्थतन्त्रको समग्र विकासका साथै हरेक नेपाली जनतालाई समुन्नत भविष्य दिने वाचा तथा सपना प्रत्येक कालखण्डमा नेपाली राज्य सत्ताको बागडोर सम्हाल्ने हरेक व्यक्तिहरूले वचनवद्धता प्रकट गरे तापनि तदनुरूहको क्रियाशीलता इतिहासका एकाध कालखण्डका एकाध घटनाक्रमहरूले मात्र पुष्टि गर्ने प्रयत्न गर्दछन् ।

अन्यथा धेरै समय शासन सत्तामा रहने व्यक्ति वा व्यक्तिहरूको झुण्डलाई सधैँ राज्यसत्ताको विरासतको निरन्तताका जोखिमहरू तथा यसमाथि विद्यमान आफ्नो पहुँच तथा नियन्त्रणमाथिको कब्जालाई जोगाउनका खातिर नै खर्चनु परेको अवस्था नेपाली राजनैतिक क्षितिजमा पटकपटक देखिएका तरल अवस्था तथा उक्त तरल अवस्थाको विकासका खातिर भएका विभिन्न आन्दोलनहरू र उक्त आन्दोलनहरू पश्चात स्थापित पद्धतिहरू र त्यसको लगत्तै पछिपछि उक्त पद्धतिका विरुद्धमा खडा हुने विरोधका विचारहरू र सोही विचारलाई आधार बनाई सृजना हुने वा गरिएका अस्थिर अवस्थाहरूलाई लिन सकिन्छ ।


नेपाली अर्थतन्त्रमा प्रकृतिपद्धत प्रचुर सम्भाव्यताहरू विद्यमान रहँदा रहँदै पनि उक्त सम्भाव्यताको कतिपय सन्दर्भमा यथोचित पहिचान हुन नसकेको तथा पहिचान भइसकेको सन्दर्भमा पनि उक्त सम्भाव्यतालाई दिगो विकासले स्पष्ट निर्देशन गरेको दिशाबोध सहितको उपयोग गर्न नसकिएको अवस्था नेपाली अर्थतन्त्रको वर्तमान यथार्थ हो ।

यही यथार्थलाई दृष्टिगत गर्दै विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट भए गरिएका अध्ययन अनुसन्धानहरूले देखाए झैँ हाम्रो मुलुकमा विद्यमान रहेका प्रचुर सम्भाव्यताहरूको वास्तविक व्यवहारिक प्रयोग किन हुन सकेन ?

यस्तो प्रयोगका मार्गमा के कस्ता चुनौतीहरू विद्यमान रहेका छन् ? ती चुनौतिहरूको समाधानका लागि के कस्ता उपायहरूको अवलम्बन जरुरी छ ? भन्ने विषयवस्तुमा नै केन्द्रित भई नेपाली अर्थतन्त्रलाई यहाँ संक्षिप्त विश्लेषण गर्ने कोशिस गर्न खोजिएको छ ।

दोस्रो विश्वयुद्धको समाप्ति पश्चात प्रत्यक्ष रूपमा युद्धको भारी चपेटामा परेका मुलुकहरूले के कसरी आफ्नो मुलुकको अर्थतन्त्रको पुनःसंरचनाको कार्यलाई अगाडि सारे ? र उक्त युद्धको मारलाई भौतिक रूहमा नजिकबाट नव्यहोरेका मुलुकहरूले किन आफ्नो अर्थतन्त्रको पुनःसंरचनालाई युद्धलाई भौतिक रूपमा प्रत्यक्ष भोगेका मुलुकहरूको दाँजोमा तिब्रताका साथ सुधार गर्न सकेनन् ?

भन्ने जस्ता कुराहरूको शूक्ष्म विश्लेषण गर्ने प्रयत्न भएमा यसले अर्थतन्त्रको पुनःसंरचना तथा सुधार सहितको सम्बृद्धि कसरी हासिल गर्न सकिँदो रहेछ भन्ने सन्दर्भमा यथेष्ट ज्ञान प्रदान गर्नेछ । वर्तमान विश्वको विकसित मुलुकहरूको अग्रहारमा रहेका अमेरिका, जापान, बेलायत, डेनमार्ड, स्विजरल्याण्ड, अष्टे्लिया, बेल्जियम, क्यानाडा, फ्रान्स जस्ता मुलुकहरूले दोस्रो विश्वयुद्धपश्चात आफ्नो पुन संरचनासहितको आर्थिक रूहान्तरणलाई तिब्रता प्रदान गरी विकसित अवस्थामा नै रहीरहन सक्नुको एक प्रमुख कारण यस्ता मुलुकहरूले आफ्नो गुमेको सामथ्र्य प्राप्तिका लागि योजनाबद्ध रूहमा प्राथमिकता निर्धारण सहित आधारभूत संरचना पुनःनिर्माणका लागि विद्यमान साधन तथा स्रोतहरूको पहिचान तथा परिचालनलाई राजनैतिक अर्थव्यवस्थाको दरिलो नियन्त्रण तथा निर्देशनद्धारा कार्यान्वयन गर्न सक्नु हो ।

यसबाट के कुरामा स्पष्ट हुन सकिन्छ भने जुन मुलुकको राजनैतिक पद्धति वा दृष्टिकोणमा स्पष्टता रहन्छ उक्त मुलुकले राज्यलाई आफ्नो आवश्यकता अनुसारको आर्थिक क्रियाकलाप तथा पद्धति प्रणालीत स्थापना तथा सुधारका लागि आवश्यक नीति नियमहरूको निर्माण तथा प्रयोगका लागि स्पष्ट दिशाबोध गर्दछ ।

यसो हुन सक्दा मात्र मुलुक एक निश्चित स्थिर आर्थिक विकासको गतिमा अगाडि बढ्दछ जसले मुलुकलाई अन्ततोगत्वा विकासको दीर्घकालीन मार्गमा डो¥याउने गर्दछ ।
नेपाली अर्थतन्त्रलाई शूक्ष्म विश्लेषण गर्दा के देखिन्छ भने जब नेपाली अर्थतन्त्र विश्व अर्थतन्त्रका लागि खुल्ला हुन थाल्यो अथवा अर्को शब्दमा भन्नुपर्दा जब आधुनिक नेपालले आफूलाई विश्व अर्थव्यवस्थाको साझेदार सदस्यका रूपमा विश्वसामू प्रस्तुत गर्ने कोशिस स्वरूप विश्व समुदायसँग आफ्नो पहुँच बृद्धिका लागि अर्थव्यवस्थालाई खुकुलो बनाउनु पर्छ ।

तात्कालिन समयदेखि नै राज्यमा विद्यमान साधन तथा स्रोतहरूको पहिचान तथा उपयोगद्धारा आन्तरिक उत्पादनलाई दरिलो बनाउने उद्देश्यले साधन तथा स्रोतहरूको परिचालनलाई ध्यान पु¥याउनुको सट्टा अर्थव्यवस्था परनिर्भरमुखी बन्ने किसिमले आन्तरिक तथा वाह्य उत्पादनका ढाँचाहरू निर्मित हुन थाले जसले नेपाली अर्थव्यवस्थाको परम्परागत ढाँचामा आधारित उत्पादन तनकिनीलाई त विस्तारै विस्थापित गर्दै लग्यो तर आधुनिक तनकिनीको विकास तथा विस्तार भौगोलिक अवस्थिति तथा सामाजिक संरचनामा रहेको बनोटका आधारमा हुन सकेन ।

फलतः यसले सजिलै आयातमुखी उत्पादन अर्थतन्त्रलाई प्रश्रय दिँदै गयो र परिणामस्वरूह निर्भरताको आजको वर्तमान अवस्था नेपाली अर्थतन्त्रमा सृजित हुन पुग्यो । यो परनिर्भरमुखी नेपाली अर्थव्यवस्थाको वर्तमान स्वरूपका लागि प्रमुखत नेपाली अर्थतन्त्रको राजनैतिक क्षेत्रमा रहेको दृष्टिकोण विहिनता नै प्रमुख रूपमा जिम्मेवार रहेको छ ।

किनकि कुनै पनि अर्थव्यवस्थामा के कस्तो उत्पादन प्रणाली रहने ? यस्तो उत्पादन प्रणालीलाई राज्यका विभिन्न एकाइहरू तथा उपएकाइहरू तथा अन्य निकायहरू सम्म के कसरी आन्तरिक सम्बन्ध स्थापित गर्ने र साथै आफ्नो उत्पादन प्रणालीसँग कसरी समन्वय कायम गर्दै उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण गर्ने ? भन्ने कुराको निक्र्यौल केबल राज्यले अवलम्बन गर्ने उत्पादन नीतिद्धारा तय हुने गर्दछ ।

जसको निर्माण फेरी राजनैतिक अर्थतन्त्रमा विद्यमान विद्यायिकीय स्वरूपले गर्दछ । यस अर्थमा के स्पष्ट हुन्छ भने जबसम्म मुलुकको राजनैतिक अर्थव्यवस्था सहि ढङ्गले निर्देशित हुँदैन तबसम्म समुन्नत अर्थव्यवस्था र आत्मनिर्भरमुखी उत्पादनका साथै विश्वमा नेपालको प्रतिस्पर्धी उपस्थितिको परिकल्पना समेत गर्न सकिँदैन ।

अतः नेपाली अर्थतन्त्रको रूहान्तरण तथा विकासका गतिमा विद्यमान रहेको सबै सन्दा ठूलो चुनौतीको रूहमा नेपालको राजनैतिक अर्थव्यवस्थामा रहेको आर्थिक तथा सामाजिक परिवेश अनुकूलको दृष्टिकोण विहिनता नै अहम् हो भन्दा कुनै अतिशयोक्ति हुँदैन । भलै यो एक्लै भने नेपाली अर्थव्यवस्थाको रूहान्तरणको चुनौती होइन ।

यसका अलावा वर्तमान समयमा नेपाली अर्थव्यवस्थाको सबै भन्दा जोखिमपूर्ण चुनौती भनेको नेपाली अर्थतन्त्रको विद्यमान परनिर्भरतामुखी उत्पादन प्रणालीमा सुधार तथा दिनानुदिन नेपाली श्रम बजारबाट वाह्य मुलुकमा श्रम खोजीका खातिर भौतारिँदै नेपालबाट विदेशिने ठूलो मात्राको श्रम संख्या हो ।

बेलैमा मुलुकले यी दुई विषयमा गम्भिरताका साथ सोच्न नथाल्ने हो भने यसले केबल नेपाली अर्थतन्त्रको वर्तमान अवस्थाको सुधारका लागि मात्र वाधा खडा गर्ने छैन । बरु यसले त भावी नेपालको समग्र विकास तथा उन्नतिको बाटोमा नै प्रश्नचिह्न खडा गर्दै नेपाली अर्थतन्त्रलाई अन्धकारको भूमरीमा धकेलीरहनेछ ।

हालमा विद्यमान नेपाली अर्थतन्त्रलाई हेर्दा यसको स्वरूपमा रेमिट्यान्सको भूमिका ज्यादै उल्लेख्य देखिए तापनि यसलाई शूक्ष्म विश्लेषण गर्दा रेमिट्यान्सबाट प्राप्त आम्दानीको झण्डै ८० प्रतिशत आम्दानी विलाशि तथा आयातित उच्च उपभोगमुखी वस्तुहरूको उपयोग तथा प्रयोगमा खर्च भएबाट प्रत्यक्ष रूहमा हामीले देखेको उल्लेख्य योगदान भन्दा यसको चित्र भिन्दै देखिन्छ ।

रेमिट्यान्सबाट प्राप्त आयको ठूलो हिस्सा जताबाट आयो उतै गयोको अप्रत्यक्ष स्थितिले एकातिर नेपाली अर्थव्यवस्थाको कूल ग्राहस्थ उत्पादनमा यसले ठूलो तथा उल्लेख्य हिस्सा ओगट्दा ओगट्दै पनि खासै थप पूँजी सृजना तथा संचयमा कुनै उल्लेख्य योगदान पु¥याउन सकेको देखिँदैन । अर्कोतर्फ मुलुकका लागि उर्जाका रूपमा प्राप्त हुने श्रम ठूलो मात्रामा अन्य तथा विकसित मुलुकहरूको सम्भ्रान्ततालाई निरन्तरता दिन बित्थामा आफ्नो रगत पसिना बगाइरहन पर्ने स्थितिको सृजना हुन पुगेको छ ।

अतः बेलैमा यो यथार्थलाई मुलुकमा विद्यमान राज्यसत्तालाई नेतृत्व दिने वर्गले बुझ्न सके यसले अर्थव्यवस्थाको निष्कृय रूपमा विद्यमान साधन तथा स्रोतलाई यथेष्ट मात्रामा परिचालन गर्नका लागि एकातर्फ प्रयाप्त मात्रामा श्रमको उपलब्धतालाई ग्यारेन्टी गर्नेछ भने अर्कोतर्फ विद्यमान स्रोत तथा साधनलाई नै परिचालन गरी आन्तरिक अर्थव्यवस्थामा आन्तरिक बजारको सिर्जना तथा उपभोग प्रवृत्तिलाई बढावा दिनेछ ।

यसो हुन सके एकातर्फ यसले नेपाली अर्थव्यवस्थाको विद्यमान परनिर्भरताको स्वरूपमा धेरै हदसम्म परिवर्तन ल्याई भविष्यमा हुनसक्ने मानव संशाधनको अभावको चुनौतीलाई समाधान गर्दै यथेष्ट रूपमा अर्थव्यवस्थामा निष्कृय रूपमा रहन वाध्य मानव साधनलाई मुलुकका विभिन्न क्षेत्रमा विद्यमान सम्भाव्यताहरू पहिचानसहित प्रयोगका लागि उत्साहित गर्नेछ जसको फलस्वरूप हामीले चाहेको विकास प्राप्त गर्नेछौँ । लेखक गाैतम आर्य स्कुलका संस्थापक प्राचार्य हुन्

                    

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा थपिए २५ सय ५९ कोरोना संक्रमित, ५ को मृत्‍यु
पछिल्लाे २४ घण्टामा थपिए २५ सय ५९ कोरोना संक्रमित, ५ को मृत्‍यु
  • २०७७ मंसिर ९, १५: ०५: १८

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८७९८ पीसीआर...

बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए राजीनामा
बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए राजीनामा
  • २०७७ मंसिर ९, १५: ०५: १८

नयाँ विकल्प, काठमाडाैं- बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले...

एमाले अध्यक्ष ओलीले गठन गरे एकपक्षीय स्थायी समिति
एमाले अध्यक्ष ओलीले गठन गरे एकपक्षीय स्थायी समिति
  • २०७७ मंसिर ९, १५: ०५: १८

नयाँ विकल्प, काठमाडाैं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय स्थायी समिति गठन गरेका छन् । पार्टी विवाद समाधानकालागि शिर्ष नेताहरूसंग...

भर्खरै

TOP