नयाँ विकल्प
बर्दिवास । बालिका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दामाथि प्रहरीले मंगलबार गोली चलाउँदा दुइ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग र वीपी राजमार्ग अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएकालाई तितर वितर पार्न प्रहरीले गोली चलाएको दाबी गरेकाे छ । हो । चार वटा गोली लागेका बर्दिवास नगरपालिका वडा नम्बर १ का श्याम कार्कीको अवस्था गम्भीर भएकाे छ ।
प्रहरीकाे गाेली लागरेर सञ्जय भनिने बुद्धिराज न्यौपानेको दाहिने तिघ्रामा गोली लागेको छ । घाइते दुवैजनाको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेलाई हेलिकाेप्टबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
अहिले अस्पताल वरपरको वातावरण तनावपूर्ण छ । प्रहरीले अश्रुग्यास पनि हानिरहेकाे छ । बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि लगेको जनाइएको छ । प्रहरीले प्रदर्शनकारीको ढुंगा प्रहारबाट आफ्नोतर्फ पनि केही घाइते भएको जनाएको छ ।
बर्दिबास नगरपालिका वडा नम्बर १४ का शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको थियो । आइतबार साँझदेखि बेपत्ता भएकी बालिकाको शव गएराति घर नजिकैको खेतमा फेला परेको थियो ।
बालिकाको हत्या गरेर बोरामा फ्याँकिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी राजन चापागाईंले जानकारी दिएका छन् ।
बालिकाको बलात्कारपछि हत्या गरिएको आशंका स्थानीयले गरेका छन् । हत्या आरोपमा गौशाला नगरपालिका वडा नम्बर ५ घर भई बर्दिवासमा किराना पसल सन्चालन गर्दै आएका अरुणकुमार साह पक्राउ परेका छन् । आरोपितको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।
आगो नियन्त्रण गर्न आएको बर्दिबास नगरपालिकाको दमकललाई बीच बाटोमै रोकिएको छ । दमकल नपुगेका कारण तीन तले घर पूर्ण रुपमा जलेको छ ।
नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...
नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...
सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...