नयाँ विकल्प
काठमाडाैं-वैदेशिक रोजगार विभागले दुई दिनमा तीन वटा मेनपावर कम्पनीमा छापा मारेको छ। विभागले लैनचोरस्थित होप इन्टरनेसनल, धापासीको एसओएस मेनपावर र गौरीघाटको डिडी ह्युमन रिसोर्स प्रालिमा छापा मारेको हो।
होप इन्टनेसनलमा मंगलबार, एसओएस र डिडी ह्युमन रिसोर्समा सोमबार छापा मारिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए। दाहालका अनुसार होप इन्टरनेसनलमा एउटा कूटनीतिक नियोगको गाडी पनि फेला परेको छ। यसकारण सो मेनपावर कम्पनीको क्रियाकलापमा दूतावासको संलग्नता पनि आशंका गरिएको छ।
यी तिनै मेनपावर कम्पनीले डिमाण्ड नभइकन अनधिकृत रूपमा खाडी मुलुक कतारका लागि कामदार छनोट गरेको आरोप विभागको छ। सेक्युरिटी गार्डको रूपमा काम लगाइदिने भन्दै कम्पनीको डिमाण्ड नै नभई कानुन र कानुनी व्यवस्था प्रतिकूल काम गरेको देखिएकाले छापा मारिएको विभागले जनाएकाे छ ।
उनका अनुसार यी मेनपावरले करिब २ हजारको संख्यामा नेपालीलाई अन्तर्वार्ता गरेको शंका छ। यसबारे विस्तृत छानबिन भइरहेको छ। ती मेनपावरले कामदार छनोटमा प्रयोग गरेका कागजात विभागले नियन्त्रणमा लिएको छ।
होप इन्टरनेसनलमा छापा मार्ने क्रममा ४५-सिडी-००९ नम्बरको कूटनीतिक नियोगको गाडी फेला परेको थियो। यो गाडी कुनै दूतावासको भएकाले यी कार्यमा दूतावास संलग्न भयो कि भन्ने शंका विभागको छ। ‘यसबारे विस्तृत अनुसन्धानपछि भन्न सकिन्छ,’ दाहालले भने।
नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...
नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...
सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...