बाग्लुङ- विद्यार्थीका लागि भूकम्प सम्बन्धी व्यवहारिक ज्ञान दिन यहाँको एक विद्यालयले भूकम्प मापनयन्त्र जडान गरेको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेकोे शान्ति माध्यामिक विद्यालय परिसरमा भूकम्प मापनयन्त्र जडान गरेको हो ।
जैमिनी नगरपालिकाको चालू आर्थिक वर्षको कार्यक्रम अनुसार रु एक लाख ५० हजारको लागतमा सो यन्त्र जडान गरिएको जैमिनी नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखाका संयोजक खेमप्रसाद आचार्यले जानकारी दिए ।
“व्यवहारिक शिक्षाको खाँचो छ, भूकम्पको विषयमा हाम्रा विद्यार्थी जानकार हुन आवश्यक छ”, आचार्यले भने, “भूकम्पसम्बन्धी शिक्षा, जनचेतना तथा सचेतना दिनको लागि यन्त्र उपयोगी हुने छ ।” विद्यालयमा जडान भएको यन्त्रले २ दशमलव ५ रेक्टर स्केलमाथिको भूकम्पको मापन गर्नसक्ने उनले जानकारी दिए ।
“सामान्य भूकम्पको धक्काको विषयमा विद्यालयमा नै जानकारी हुन्छ, जसका कारण नगरवासी सबैले सूचना पाउने माध्यम बन्छ”, उनले भने , “स्थानीयस्तरको २ दशमलव ५ माथि र चार रेक्टर स्केलभन्दा माथि नेपालभर गएका भूकम्पको जानकारी यन्त्रले दिन सक्छ ।”
नगरपालिकाले शान्ति माध्यमिक विद्यालय आसपासका अन्य विद्यालयका विद्यार्थीको लागि समेत यो सिकाइ केन्द्र बनाउनुपर्ने भनेको छ । सात रेक्टर स्केलसम्मका विश्वभरका भूकम्पीय गतिविधि पनि यन्त्रले मापन गर्ने आचार्यले बताए । रासस
नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...
नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...
सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...