May 6, 2021, Thursday

गहुँबाली छर्ने बेला सिरहामा युरिया मल अभाव, किसान चिन्तामा

नयाँ विकल्प,

लहान – डिएपी मल आएपछि सिरहामा आजदेखि रासायनिक मलको बिक्री वितरण शुरु भएको छ । गहुँबाली लगाउनै लाग्दासमेत मल नपाएपछि निराश बनेका सिरहाका किसानलाई लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कार्पाेरेशनले डिएपी मलको बिक्री वितरण शुरु गरेको हो ।

कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आएपछि सहकारी संस्थाका डिलरमार्फत किसानलाई डिएपी मल वितरण गर्न थालेको कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख जीवनराज पौडेलले जानकारी दिए । “हामीलाई दुई दिनअघि कोटा छुट्टयाएर ३३० मेट्रिक टन डिएपी वितरणका लागि मल प्राप्त भएको छ”, प्रमुख पौडेलले भने ।,

“मल आए लगत्तै बिक्री वितरण शुरु गरेको र सहकारी डिलरमार्फत अहिलेसम्म १५० मेट्रिक टन वितरण गरिसकेका छौँ ।” अब हामीसँग १८० मेट्रिक टन डिएपी मल गोदाममा मौज्दात रहेको प्रमुख पौडेलको भनाइ छ । यस्तै साल्टट्रेडिङ कार्पाेरेशनले पनि डिएपी मलको बिक्री वितरणको तयारी थालेको छ । “हामीलाई ७६० मेट्रिक टन अर्थात् १० हजार बोरा डिएपी मल प्राप्त भएको छ”, साल्ट ट्रेडिङ कार्पाेरेशन लहानका प्रमुख जीतेन्द्र साहले भने ।,

“गाउँ गाउँमा सहकारीको डिलर बनिसकेको छैन, जसका कारण मल बिक्री वितरण गर्न समस्या भइरहेको छ ।” सहकारीको डिलर बन्ने वित्तिकै डिएपी मलको बिक्री वितरण शुरु गरिने प्रमुख साहको कथन छ । सिरहामा डिएपी मल आए पनि युरिया मल भने अभाव रहेको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कार्पाेरेशन लहानले जनाएको छ ।

गहुँबाली छर्ने बेला भएकाले डिएपी र युरिया मलको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा सिरहामा डिएपी र युरिया मलको आभाव भएको छ । सरकारी अनुदानको डिएपी र युरिया मल वितरणको जिम्मा सिरहामा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले पाएका छन् । सिरहामा कूल खेतीयोग्य ६० हजार ७०० हेक्टर क्षेत्रफलमध्ये ७० प्रतिशत क्षेत्रफलमा गहुँखेती हुने गरेको कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ ।

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
  • २०७७ मंसिर १०, १३: ४३: ४१

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा गरिएकाे परिक्षणमा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...

गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
  • २०७७ मंसिर १०, १३: ४३: ४१

नयाँ विकल्प, काठमाडाैं-गण्डकी प्रदेश सरकारविरुद्ध विपक्षी दलहरुले ल्याएको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने भएको छ। प्रदेश सभा संचालनका...

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
  • २०७७ मंसिर १०, १३: ४३: ४१

नयाँ विकल्प, काठमाडाैं-गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। काठमाडौंको सुन्धारास्थित न्युरो अस्पतालमा उपचारको क्रमा बिहीबार दिउँसो उनको निधन...

भर्खरै

TOP