April 23, 2021, Friday

शेयर बजार इन्डेक्स हाल सम्मकै उच्च, पुराना सबै रेकर्ड ताेडिए

नयाँ विकल्प
काठमाडाैं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) इन्डेक्स इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेकाे छ । विहिबार सेयरबजार खुलेकाे पहिलाे मिनेटमै सेयरबजार १८९० माथी पुगेकाे थियाे । पछिल्लाे समय सेयरबजारमा काराेबार रकम हालसम्मकै उच्च अर्थात ६ अर्व माथी पुगेकाे थियाे । सेयर बजार ले अल टाइम हाइ पछ्याउँदै नेप्से उच्च विन्दुमा पुगेकाे हाे ।

बिहिबार सेयर बजार खुलेकाे १२ बजेर १३ मिनेट १ सेकेण्डमा नेप्से इन्डेक्स १९ सय २६ दशमलव ९२ विन्दुमा पुग्याे । याे अंक नेपालकाे सेयर बजारमा हालसम्मको उच्च विन्दु हाे । बुधबार नेप्से इन्डेक्स ३.५७ प्रतिशत अर्थात ६४.७० अंकले बढेर १८७४.८१ विन्दुमा पुगेर रोकिएको थियाे ।

यस अघि २०७३ साउन ११ गते नेप्से १८६६.५० विन्दुमा पुगेको थियो। २०७३ साउन १३ गते १८७७.९३ विन्दु र २०७३ साउन १२ गते अहिलेसम्मकै सबैभन्दा उच्च विन्दु १८८१.४५ विन्दुमा बन्द भएकाे थियो। यही विन्दु उछिन्दै विहिबार नेप्से सूचक बुधबार १९१५.३९ विन्दुमा पुगको हाे ।

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा थपिए २५ सय ५९ कोरोना संक्रमित, ५ को मृत्‍यु
पछिल्लाे २४ घण्टामा थपिए २५ सय ५९ कोरोना संक्रमित, ५ को मृत्‍यु
  • २०७७ मंसिर ११, ११: ३०: १७

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८७९८ पीसीआर...

बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए राजीनामा
बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए राजीनामा
  • २०७७ मंसिर ११, ११: ३०: १७

नयाँ विकल्प, काठमाडाैं- बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले...

एमाले अध्यक्ष ओलीले गठन गरे एकपक्षीय स्थायी समिति
एमाले अध्यक्ष ओलीले गठन गरे एकपक्षीय स्थायी समिति
  • २०७७ मंसिर ११, ११: ३०: १७

नयाँ विकल्प, काठमाडाैं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय स्थायी समिति गठन गरेका छन् । पार्टी विवाद समाधानकालागि शिर्ष नेताहरूसंग...

भर्खरै

TOP