नयाँ विकल्प,
काठमाडौं – नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले नेपाल –भारतबीचको मित्रता अझै प्रगाढ बनाउन आफू काठमाडौं आएको बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै भारतीय विदेश सचिव श्रृंगलाले दुई देशबीचको सम्बन्धलाई अझै राम्रो कसरी बनाउन सकिन्छ भनेर आफू नेपाल आएको बताए ।
‘भारत र नेपाल निकटतम मित्र राष्ट्र हुन् । यो सम्बन्धलाई कसरी अघि बढाउने भन्नेमा हाम्रो छलफल हुनेछ । पहिलो मिटिङ परराष्ट सचिवसँग हुन्छ, त्यसपछि उच्च नेतृत्वसँग हुनेछ ।’
विमानस्थलमा संचारकर्मीहरुसँग नेपालीमै संक्षिप्त प्रतिक्रिया दिएका भारतीय विदेश सचिव श्रृंगलाले दुई देशबीच भाइचाराको सम्वन्ध रहेको भन्दै भोली भारत– नेपाल मैत्रीको विषयमा आफूले भर्चुअल मिटिङम बोल्ने बताए ।
श्रृंगलाले भुकम्पले क्षति पुर्याएको गोरखा जिल्लामा भारत सरकारले ५० हजार घर बनाउने प्रतिवबद्धता व्यक्र गरेको जनाउँदै हालसम्म ४६ हजार घरहरु बनीसकेको तथा तीन वटा स्कुलको पुननिर्माण गरिएको बताए ।
श्रृंगलाले विमानस्थलममा न्यानो तथा हार्दिक स्वागत भएको भन्दै कृतज्ञता प्रकट गरे । उनले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र समकक्षी भरत पौड्यालसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम छ । श्रृंगला शुक्रबार पोखरा र मनाङ पनि जाने भएका छन् ।
नयाँ विकल्पकाठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । शनिवार चितवन पुगेका सभामुख...
नयाँ विकल्पकाठमाडाैं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ...
नयाँ विकल्पकाठमाडाैं- नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सय भन्दा बढी...