May 6, 2021, Thursday

सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्न प्रेस सङ्ग्रहालय स्थापना

काठमाडौं–प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालय स्थापनाका लागि सामग्री उपलब्ध गराउन सबैसँग आह्वान गरेको छ । काउन्सिलले सूचना जारी गर्दै सङ्ग्रहालयका लागि सञ्चारसँग सम्बन्धित सामग्री उपलब्ध गराउन सबैसँग आह्वान गरेको हो ।

सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्दै अध्ययन, अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले सङ्ग्रहालयको स्थापना गर्ने गरी प्रक्रिया अघि बढाइएको काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले जानकारी दिए ।

सूचना जारी भएसँगै सङ्ग्रहालयका लागि सामानको खोजी प्रारम्भ अघि बढेको हो । काउन्सिलले सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्न र यस क्षेत्रको अध्ययन, अनुसन्धानमा सघाउ पुर्याउने उद्देश्यले प्रेस सङ््ग्रहालय स्थापना गर्न थालेको हो ।

हाल काउन्सिलमा सञ्चारसँग सम्बन्धित पुराना उपकरण रेडियो, टेलिभिजन, टेलिफोन, क्यामेरा, आवा सेट, टाइपराइटर, पेजर, प्रेस र प्रेससँग सम्बन्धित अन्य सामग्री, ऐतिहासिक पुस्तक, चित्र, तस्बिरलगायतका सामग्री रहेका छन् ।

सञ्चारसँग सम्बन्धित ऐतिहासिक सामग्री खोजी गरी निःशुल्करूपमा प्राप्त गर्न पहल गर्ने, निःशुल्क प्राप्त हुन नसकेको खण्डमा भने सःशुल्क खरिद गरी सङ्ग्रह गर्ने काउन्सिलको सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
  • २०७७ मंसिर १२, ११: ३६: ०८

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा गरिएकाे परिक्षणमा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...

गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
  • २०७७ मंसिर १२, ११: ३६: ०८

नयाँ विकल्प, काठमाडाैं-गण्डकी प्रदेश सरकारविरुद्ध विपक्षी दलहरुले ल्याएको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने भएको छ। प्रदेश सभा संचालनका...

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
  • २०७७ मंसिर १२, ११: ३६: ०८

नयाँ विकल्प, काठमाडाैं-गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। काठमाडौंको सुन्धारास्थित न्युरो अस्पतालमा उपचारको क्रमा बिहीबार दिउँसो उनको निधन...

भर्खरै

TOP