भेनेजुएलाको सर्वोच्च अदालतले छ जना पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा कैँदको फैसला सुनाएको छ । भेनेजुएलाको सर्वाेच्च अदालतले बिहीबार सो सजायँ सुनाएको अधिकारीले जनाएका छन् ।
उनीहरु अमेरिकी तेल प्रशोधन कम्पनीमा संलग्न रहेका थिए । उक्त कम्पनीमा उनीहरुले ठूलो घोटाला गरेको भनेर सन् २०१७ को नोभेम्बर महिनामा पक्राउ गरिएको थियो । पक्राउ गरेर मुद्धा चलाइएकोमा बिहीबार उनीहरुलाई भ्रष्टाचार गरेको प्रमाणित भएर जेल सजायँ सुनाइएको थियो ।
ती मध्ये पाँच जनालाई भ्रष्टाचारको आरोपमा १० वर्ष ८ महिना र अर्का एकजनालाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनीहरु सन् २०१७ को नोभेम्बार महिनादेखि नै भेनेजुएलाको जेलमा रहेका छन् । अमेरिकी संलग्नताको सिट्गो नामक सो तेल कम्पनी भेनेजुएलाको सरकारी कम्पनी हो । (रासस÷सिन्ह्वा)
नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...
सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...
नयाँ विकल्प कुस्मा- राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानासम्मको सबस्टेशनको निर्माण सम्पन्न...