बेलायका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतको सरकारले कोरोनो भाइरसको महामारी अन्त्यका लागि बनाएका नियमहरुको पालना गर्न सबै नागरिकसँग आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले बेलायतमा दोस्रो पटक आएको कोरोना भाइरसको वेभबाट बच्नका लागि विभिन्न नियमहरु बनाएको स्मरण गराए ।
ती नियमहरुलाई हामीले राम्रोसँग पालना गरौँ र यदि सरकारले बनाएका ती नियम र विधिहरुलाई नमान्ने अवस्था आयो भने त्यसबाट हामी आगामी नयाँ वर्षको समयमा पुनः अर्काे लकडाउन गर्न बाध्य हुने बताए ।
नयाँ वर्षको अवसरमा बेलायतका नागरिकले हाल सरकारले बनाएका नियमहरुको उल्लंघन गर्ने काम भयो भने सरकारले फेरि अर्काे प्रकारको लकडाउन पनि गर्नसक्ने बताए ।
पत्रकार सम्मेलनका क्रममा उनले बिहीबार सो कुरा बताए । उनले महामारी बढिरहेका बेला हाल नयाँ हिसाबले बेलायतको सरकारले नियमहरु बनाएकोले त्यसलाई पालना हुन नसकेको बताए ।
बोरिसका अनुसार अहिलेको अवस्थामा नागरिकले नियमको पालना गरेनन् भने त्यसले आगामी दिनमा थप समस्या ल्याउने र यदि त्यस्तो अवस्था आउने देखियो भने नयाँ वर्षको अवसरमा देशव्यापी रुपमा लकडाउन गर्नुपर्ने पनि हुन सक्ने बताएका थिए ।
नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...
सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...
नयाँ विकल्प कुस्मा- राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानासम्मको सबस्टेशनको निर्माण सम्पन्न...