नयाँ बिकल्प,
काठमाडौं – निजी क्षेत्रको साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी आजबाट शेखर गोल्छाले सम्हालेका छन् ।
महासंघको बिधान अनुसार वरिष्ठ उपाध्यक्ष नैं अधिवेशनपछि अध्यक्ष हुने नियम अनुसार गोल्छा आजबाट अध्यक्ष भएका हुन् । महासंघको नेतृत्वको लागि आज शनिबार मतदान हुँदैछ ।
आजको अधिवेशनबाट जसले बरिष्ठ उपाध्यक्ष जित्छ उही नैं भावी अध्यक्ष हुने भएकाले महासंघको. बरिष्ठ उपाध्यक्षमा किसोर प्रधान र चन्द्र ढकालले दुईं समूह बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।
प्रधान नेतृत्वको प्यानललाई शेखर गोल्छाले नै सहयोग गरेकोले उनको पक्षमा माहौल बनको उद्योगी व्यवसायीहरुले बताएका छन् । प्रधान समूहको बस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एसोसिएटतर्फको.उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला,नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन् ।
उता ढकालको समूहमा भने उमेशलाल प्रधान, गुणनीति तिवारी र रामचन्द्र संघई क्रमश बस्तुगत, एसोसिएट र जिल्ला नगरतर्फकाउ उपाध्यक्षमा प्रतिष्पर्धामा छन् । महासंघको अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने भएपछि वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष चयनका लागि शनिबार मतदान भएको हो ।
त्यसैगरी, जिल्ला नगरबाट १८ जना सदस्य चयन गर्नु पर्ने भएपनि ३८ जना व्यवसायी प्रतिष्पर्धामा छन् । प्रत्येक प्रदेशबाट एक जना सदस्य हुने व्यवस्था छ । प्रदेश १ बाट भने ढकाल समूहका राजेन्द्र राउत निर्विरोध निर्वाचित भइसकेका छन् ।
बस्तुगतबाट १४ जना सदस्यको लागि २८ जना, एसोसिएटतर्फबाट १९ जनाको लागि ३१ जना प्रतिष्पर्धामा छन् ।
आजबाट महासंघको अध्यक्षको जिम्मेवारी पाउँदैं गरेका शेखर गोल्छाले आफूले समर्थन गरेका किशोर प्रधान समूहले चुनाव जितेमा सबैलाई जिम्मेवारी दिने बताएका छन् ।
प्रधान समूहका उम्मेदवार र मतदातालाई संवोधन गर्ने क्रममा गोल्छाले भोलीका दिनमा सिएनआइ वा चेम्वर अफ कमर्शंंले के भन्ला भनेर आफू उनीहरुको निर्णय पर्खेर नबस्ने बताए ।
गोल्छाले महासंघको चुनावी प्रतिष्पर्धा उद्योग र व्यवायीको पक्षमा कसरी सहज वातावरण बनाउने भन्दै उदेृश्यका लागि भएको जनाउँदै चुनाव भएपछि जित्नेहरुले राजनीतिक गर्न नजाने स्पस्ट पारे । उनले महासंघको निर्वाचन राजनीति गर्न नभएर व्यसायीको हक हितको पक्षमा काम गर्नका लागि भएको. स्पस्ट पारे ।
उनले चुनावी प्रतिष्पर्धा सम्पन्न भएपछि सबै व्यवसायीले आफ्नो व्यवसाय गर्ने भएकाले यसलाई राजनीतिक संग दिन वा राजनीति गर्ने फोृरम नसम्झन पनि आव्हान गरे ।
गुसौ, नाइजेरिया–अपहरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन् । देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै २७९ जना...
’नयाँ बिकल्प,काठमाडौं – दुुई वर्षअघि अर्थात २०७५ फागुन २८ गते नेत्र बिक्रम चन्द उर्फ विप्लव नेतृत्वको तत्कालिन नेपाल कम्युनिष्ट पार्टीलाई...
लन्डन–विश्वका प्रमुख तेल उत्पादक मुलुकहरुको संगठन ओपेकका सदस्य राष्ट्रहरुबीच तेल उत्पादनका सम्बन्धमा पुनर्विचार गर्नेगरी अर्को साता बैठक हुनै लाग्दा तेल...