नयाँ विकल्प
काठमाडाैं-चीनका रक्षा मन्त्री वेइ फेङहे काठमाडौं आइपुगेका छन्। चिनियाँ रक्षामन्त्री, राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर आजै फर्किने । चार्टर्ड जहाजमा आइतबार बिहान पौने ११ बजेतिर काठमाडौं आएका रक्षा मन्त्री फेङहे विमानस्थलबाट सिधै बालुवाटारस्थित चिनियाँ राजदूतावास गएका छन्।
विमानस्थलमा उनको आगमनको तस्बिर खिच्न सरकारी सञ्चारमाध्यमहरूलाई मात्र अनुमति दिइएको थियो। दूतावासमा केहीबेर बसेपछि रक्षामन्त्री फेङहे दिउसो नेपाली सेनाको मुख्यालय जंगी अड्डा जाने छन्।
त्यहाँको उनले प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने छन्। जंगी अड्डाको कार्यक्रम सकेर रक्षा मन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न दिउँसो ३ बजेतिर बालुवाटार जाने छन्। स्रोतका अनुसार बालुवाटारमा रक्षा मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री ओलीलाई भेटेपछि फेङहे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जानेछन्।
उनी आजै साँझ स्वदेश फर्केने कार्यक्रम छ। गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गरेपछि फेङहे नेपाल आएका उच्च चिनियाँ अधिकारी हुन्।
नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनापछि बन्ने नयाँ सरकारको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद छिनोफानो...
नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...
काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...