February 26, 2021, Friday

एकैसाथ आठ अस्पतालको शिलान्यास गरिँदै

डोटी–डोटी जिल्लामा एकैसाथ आठवटा अस्पतालको शिलान्यास गरिने भएको छ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटनको तयारी गरेसँगै डोटी जिल्लामा पनि आठ अस्पताल उद्घाटन हुन लागेका हुन् ।

सुदूरपश्चिम प्रदेशस्तरीय सरुवा रोगसम्बन्धी ५० शैय्याको अस्पतालसहित जिल्लाका बोगटान फुड्सिल गाउँपालिकाको केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्र र जोरायल गाउँपालिकाको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा १५÷१५ शय्याको अस्पताल स्थापना हुने भएको छ ।

जिल्लाको पूर्वीचौकी, केआइसिंह, सायल, बडिकेदार गाउँपालिका र शिखर नगरपालिकामा १०÷१० शैय्याका अस्पतालको शिलान्यासको तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।

“जिल्लाका विभिन्न स्थानीय तहमा १०÷१० शैय्याका अस्पताल आज शिलान्यास गरिँदै छ, जसका लागि सबै काम तयारी अवस्थामा छ ।”

वि.सं २०३९ मा क्षेत्रीय अस्पतालका लागि जग्गा अधिग्रहण गरिएको दिपायल सिलगढी नगरपालिका–५ ग्वालासैनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शिलान्यास गर्ने कार्यक्रम तय भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

करिब ३८ वर्ष पहिले अस्पताल निर्माणका लागि जग्गा अधिग्रहण गरिएको उक्त क्षेत्रमा रााजनीतिक खिचातानीका कारण अस्पताल बन्न सकेको थिएन ।

सरुवा रोगसम्बन्धी अस्पताल यहाँका तराईका जिल्लामा स्थापनाका लागि त्यहाँका राजनीतिक दलका नेताले विभिन्न प्रयास गरे पनि अन्ततः डोटीमा उक्त अस्पताल स्थापना हुने भएपछि यहाँका स्थानीयवासी निकै खुशी भएको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका समाजसेवी धनबहादुर शाहीले बताए ।

“सरुवा रोगसम्बन्धी अस्पताल तराईका जिल्लामा बनाउने नेताबीच निकै खिचातानी थियो, अन्ततः हाम्रो जिल्लामा बन्ने भयो यसैमा हामी खुशी छौँ ।”

सम्बन्धित समाचार

फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
  • २०७७ मंसिर १५, ११: ३५: ५७

नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...

चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
  • २०७७ मंसिर १५, ११: ३५: ५७

नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...

मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
  • २०७७ मंसिर १५, ११: ३५: ५७

नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...

भर्खरै

TOP