February 27, 2021, Saturday

राजनीतिको सामाजिकीकरण आजको आवश्यकता

एक्काइसौँ शताब्दीको विश्व विचारको हो । विचारले नै विश्वलाई निर्देशित गर्नुपर्दछ । यसो हुँदा मात्र विश्वमा देखिएका तमाम उल्झनहरुलाई सहजीकरण सहितको निराकरणमा लैजान सकिन्छ । यी कुराहरुमा ध्यान दिन सक्दा विश्व वातावरणलाई मानव अनुकुलतम बनाउन सकिन्छ । आज विश्वका विभिन्न मुलुकहरु विभिन्न खालका उल्झनमा फसेका छन् ।

यो पनि विचारकै उपज हो । वर्तमान विश्वमा विचारलाई समेत राजनीतिले अंकुश लगाउँदछ । जुन कुरालाई विश्वका विभिन्न मुलुकहरुमा विद्यमान विभिन्न प्रकारका राजनैतिक व्यवस्था र त्यसैले निर्देशित विचारले समाजमा पारेको प्रभावलाई सरसर्ती अध्ययन गर्ने हो भने पनि सजिलै बुझ्न सकिन्छ ।

अतः राजनैतिक प्रणालीमा हामीले संस्थागत गर्दै जाने प्रथा र प्रक्रियाले नै आगामी समाजको संरचना, यसको विकास, यसका प्राप्ति आम जनसमुदायको आम धारणाको विकास गर्दछ भन्ने कुरमा हेक्का दिनु जरुरी छ ।

वास्तवमा वर्तमान सन्दर्भलाई वस्तुनिष्ट भई विश्लेषण गर्ने हो भने समाजको अग्रगामी विज्ञान भनेको नै राजनीति हो । यो विज्ञानको वैज्ञानिकताले सही समय, सन्दर्भ र सामग्रीलाई पक्रँदा मात्र समाजलाई उचित बाटोमा अगाडि बढाउन सकिन्छ ।

राजनीतिद्वारा नै राज्यका सबै अंगहरु निर्देशित तथा विकसित हुने भएकोले राजनीतिमा स्पष्टता, पारदर्शिता, जवाफदेहिता, उत्तरदायित्व वहन, दक्षता जस्ता तत्वहरुको अनिवार्यता रहन्छ ।

यी तत्वहरुको अभावमा वास्तवमा राजनीति अराजक बन्दछ । अराजक राजनीतिले न त राजनैतिक प्रणालीलाई नै संस्थागत गर्न सक्छ न त अर्थतन्त्रको सम्बृद्धि नै । त्यसले राजनीतिमा स्वतन्त्रता भन्दा पनि महत्वपूर्ण जवाफदेहिता, कर्तव्यपरायणता, पारदर्शिता रहन्छ भन्ने कुरा राजनैतिक नेतृत्वले बुझ्नु जरुरी छ ।

विकसित मुलुकहरुमा राजनैतिक व्यवस्था राज्य प्रणालीको आधार बनिसकेको छ । जसका कारण यस्ता मुलुकहरुमा राजनैतिक प्रणालीगत सुधारको खाँचो त्यति देखिँदैन । यस्ता मुलुकहरुमा केबल विचारले मात्र पनि नीतिगत राजनैतिक प्रणालीलाई प्रभावकारी तुल्याउन योगदान पु¥याउन सक्छ ।

यसको प्रमुख कारण विकसित मुलुकहरुमा राजनैतिक नेतृत्वमा स्पष्ट अवधारणागत स्पष्टोक्ति हो । विकसित मुलुकहरुमा राजनैतिक क्षेत्रमा संरचनागत सुधारको त्यति आवश्यकता छैन ।

यस्तो मुलुकहरुमा राजनैतिक नेतृत्वको राजनैतिक जवाफदेहिता र पारदर्शिता मात्र पनि मुलुकको राजनैतिक प्रणालीमा संस्थागत निरन्रतताका लागि काफि रहन्छ । तर अल्पविकसित तथा अविकसित मुुलुकहरुका लागि यी सन्दर्भ र प्रयोग त्यति लाभदायक देखिँदैनन् ।

विकसित मुलुकहरुमा व्यवसायिकतालाई व्यक्तिको संस्थागत आबद्धतासँग र राजनीतिलाई उसको सामाजिक दायित्वसँग जोडेर हेर्ने गरिन्छ ।

कुनै पनि व्यक्तिको कार्यसम्पादन, दक्षता बृद्धि भौतिक सम्बृद्धि र उसको बृत्ति विकाससँग ठाडै सम्बन्धित रहन्छ । अर्कोतर्फ सामाजिकता व्यक्तिको समाजप्रतिको उत्तरदायित्वसँग अन्तरसम्बन्धित रहन्छ ।

सामाजिकताप्रति हरेक व्यक्तिको जवाफदेहिता आवश्यक मानिन्छ । तर राजनैतिक व्यक्तिको चाहिँ अत्यावश्यकता रहन्छ । सामाजिकताप्रतिको जवाफदेहिता भन्नाले हामी प्रणालीगत संस्थागत हुने राजनैतिक व्यवहारगत अभ्यास र हामीले संस्थागत गर्दै जाने नीतिलाई बुझ्नु पर्दछ ।

आन्तरिक तथा वाह्य रुपमा वर्तमान समयमा अर्थतन्त्रको समग्रताको विश्लेषण सोझै राजनीतिसँग अन्तरसम्बन्धित रहन्छ । मुलुकका हरेक क्षेत्रहरुमा के कस्तो व्यवस्था वा व्यवहारिकताले स्थान पाउने भन्ने कुरा मुलुकमा स्थापित हुँदै जाने नीतिगत राजनीतिले निर्धारण गर्दछ ।

प्रजातान्त्रिक व्यवस्थामा राजनैतिक नीतिमा स्पष्टता, स्वच्छन्दता र पारदर्शिता, जवाफदेहिता र जन स्वीकार्यता जस्ता तत्वहरु अपरिहार्य रहन्छन् । यी कुराको अस्पष्टतामा प्रजातान्त्तिक व्यवस्थप्रतिको जन आस्थामा नै ठेस पुग्दछ । अतः सम्बन्धित पक्ष राजनैतिक व्यवस्थालाई सधैँ जनमुखी बनाउन उद्धत रहनुपर्दछ ।

नेपालको समकालिन राजनैतिक अवस्थाको विश्लेषण गर्दा राजनैतिक रुपमा संस्थागत हुँदै गइरहेका संस्कारहरुले हाम्रो जस्तो अविकसित मुलुकमा प्रजातान्त्रिक व्यवस्थालाई नै भद्धा रुपमा त प्रस्तुत गर्ने होइन भन्ने डर पैदा हुन थालिसकेको छ ।

राजनीतिमा लागे पछि सबै खालका हट र बेइमानीलाई स्वीकार गरिन्छ जस्तो परिस्थिति दिनानुदिन मजबुत हुँदै जानु कुनै दिन दलीय व्यवस्थाका लागि नै प्रत्युत्पादक साबित हुन्छ भन्ने कुरामा हेक्का पु¥याउन जरुरी छ ।

भर्खरै विभिन्न राजनैतिक दलभित्र निश्चित सजाय पश्चात भ्रष्टाचार र फौजदारी अभियोगमा जेल जीवन व्यतित गरिसकेका व्यक्तिहरुका लागि सामाजिक प्रतिष्ठा सहित राजनीतिमा पुनरावृत्ति गर्ने गरी भएका खेलहरु दुःखदायी र खेदपूर्ण छन् ।

हुनतः तत्कालका लागि यस्ता दुष्प्रयासहरुमा सदाका लागि निस्तेज भए जस्तो देखिए तापनि विभिन्न पार्टीहरु भित्र रहेका यस्ता प्रबृत्तिको गुटगत फस्टाइलाई हेर्दा भविष्यमा पुनः यी विषयवस्तुको पुनारवृत्ति नेपालको राजनैतिक आकांशमा हुँँदैन भन्ने कुराको ग्यारेन्टी भने गर्न सकिँदैन ।

यसैगरी नेपाली समाजमा पछिल्लो समयमा नेपालका राजनैतिक दलहरु राजनीतिलाई व्यवसायिकतातर्फ उन्मुख गर्न उद्धत छन् भन्ने कुराका प्रमाणहरु भेटिन थालेका छन् । जुन वास्तवमै प्रजातान्त्रिक व्यवस्थाको हाम्रो जस्तो सानो मुलुकमा निरन्तरताकै लागि पनि खतरा हो ।

उदाहरणका लागि स्थानीय निकायको निर्वाचन पश्चात हरेक नगरपालिका तथा गाउँपालिका प्रमुख तथा उपप्रमुखहरुलाई सहित वडा अध्यक्षहरुका लागि निश्चित तलब भत्ताको व्यवस्था गर्ने संवैधानिक व्यवस्था गर्नुले प्रादेशिक तथा संघीय एकाइहरुको गठन पश्चात यस्ता शीर्षकहरुको खर्च अरु बढ्दै जाने देखिन्छ ।

यसका अलावा हालै विभिन्न पार्टीका सांसदहरुले पूर्व सांसदहरुलाई पनि आजिवन भत्ता तथा पेन्सनको व्यवस्था गर्नु पर्ने आवाजले नेपालको राजनीतिक बृत्त चित्रलाई नै कलंकित गरेको देखिन्छ । यस्ता बहसहरुले आम जनमानसमा राजनैतिक दल र यिनका नेताप्रति एकातर्फ वितृष्णा पर्दै गरेको छ भने अर्कोतर्फ आम जनमानसमा राजनीतिे कमाइ खाने भाँडोको रुपमा विकसित हुँदै गएको अभाश हुन थालेको छ ।

बेलैमा यस्ता प्रबृत्तिप्रति राजनैतिक नेतृत्वबाट जनताले बुझ्ने भाषामा स्पष्टोक्ति आवश्यक छ । अन्यथा राजनीतिमा व्यवसायिकताको खोजी गर्ने मनोबृत्ति विकास हुन गई समाजमा राजनीतिको मानमर्दन हुनुका साथै समाज नै गलत बाटो तर्फ लाग्न सक्छ ।

अतः बेलैमा नेपाली राजनीतिज्ञ तथा राजनैतिक दलको चेत राजनीति व्यवसायिकताका लागि नभई सामाजिकतामा समाज तथा राष्ट्रको भनाई अभिबृद्धिमा लागि हो भन्ने चेत खुल्नु आवश्यक छ । यसका लागि राजनैतिक दलहरुको क्रियाकलापमा तदनुरुपको सुधारको खाँचो छ ।

राजनैतिक दलहरु दिनानुदिन गुटगत राजनीतिको दलदले भाषमा फस्दै जाँदा मुलुकमा राजनैतिक अराजकताले स्थान प्राप्त गर्दै गएको हो । संवैधानिक व्यवस्थाले वर्जित गरेका कुराहरु समेत गुट तथा दलको निहित स्वार्थको परिपूर्तिका लागि तदनुरुपको संशोधनका अभ्यासले हाम्रो राजनैतिक व्यवस्थाप्रति नै प्रश्न चिह्न खडा हुने हो कि भन्ने खतरा देखिन्छ ।

गुटगत राजनीतिको दलदले भाषका कारण नै दलका अग्रहारको राजनैतिक नेतृत्व अचेत र होसविहिन वन्दै गएको छ । यो क्रमले ह।म्रा राजनैतिक दलहरुमा निरन्तरता पाउँदै जाने हो भने नेपालको राजनीति केही समय पश्चात नै दलाल, भ्रष्ट र सामाजिक विकृत विचारको हातमा पुरै कब्जा पर्ने छ । यस्तो परिस्थितिको सृजना भए राजनीति नै कुरुप हुन गई यसले जनमासनको विश्वास गुमाउने छ ।

त्यसैले बेलैमा नेपालमा क्रियाशील प्रमुख दलहरु र त्यसको शीर्ष नेतृत्च नेपालको राजनीतिलाई स्वच्छ गर्ने तर्फ उद्धृत रहनु जरुरी छ । यसो हुन नसके प्रत्येक दलका राष्ट्रप्रेमी जनताप्रत वफादार यूवाहरु एकिकृत भई विद्यमान नेतृत्वलाई हरेक पार्टीबाट विस्थापित गर्दै राजनीतिको सामाजिकीकरण गर्ने अभियानमा लाग्नु जरुरी छ ।

यसो गर्न सके मात्र वर्तमानको जनमानसको नेपालको राजनीतिलाई हेर्ने घृणाको दृष्टिकोण हटी सही दिशामा मुलुकलाई डो¥याउन सकिन्छ ।
(लेखक आर्य स्कुल, सितापाइलाका संस्थापक प्रिन्सिपल हुन् ।)

सम्बन्धित समाचार

संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
  • २०७७ मंसिर १५, १२: २४: ४६

नयाँ विकल्पकाठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । शनिवार चितवन पुगेका सभामुख...

राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक  : नेता सिंह
राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक : नेता सिंह
  • २०७७ मंसिर १५, १२: २४: ४६

नयाँ विकल्पकाठमाडाैं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ...

पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
  • २०७७ मंसिर १५, १२: २४: ४६

नयाँ विकल्पकाठमाडाैं- नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सय भन्दा बढी...

भर्खरै

TOP