February 25, 2021, Thursday

सिमकोट गाउँपालिका बरगाउँका दलित तथा विपन्नलाई खाद्यान्न सहयोग

सिमकोट–हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका अति विपन्न तथा दलित समुदायका घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

सोही वडाका तोर्पागाउँका पे्रमदोर्जे लामाकोे व्यक्तिगत सहयोग तथा छिरिनपाल्देन लामाको सहकार्यमा खाद्यान्न वितरण गरिएको हो ।

विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण केही राहत होस् भन्ने उद्देश्यका साथ बरगाउँका ४३ दलित तथा अति विपन्न वर्ग, पिछडिएका व्यक्तिलाई खाद्यान्न सहयोग गरिएको छिरिनपाल्देन लामाले बताए । उक्त गाउँका प्रति घरपरिवारलाई २५ किलोको दरले ४३ बोरा बासमती चामल वितरण गरिएको लामाले बताए ।

हुम्लादेखि पहिलो सगरमाथा आरोही गर्ने प्रेमदोर्जे लामाले मङ्सिर १४ गते नेपालगञ्जबाट हवाईमार्फत ढुवानी गरी गाउँमा पुर्याएर राहत सहयोग गरिएको हो ।

देशभर कोभिड–१९ शुरु भएदेखि नै बरगाउँका दलितलाई खानाको समस्या हुने भएपछि आफूले उनीहरूका लागि सानो सहयोग गरेको प्रेम लामाले बताए ।

सम्बन्धित समाचार

प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
  • २०७७ मंसिर १६, ११: ३३: २७

नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...

युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
  • २०७७ मंसिर १६, ११: ३३: २७

काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...

इन्डोनेसियामा भारी वर्षाका कारण सुन खानीमा पहिरो
इन्डोनेसियामा भारी वर्षाका कारण सुन खानीमा पहिरो
  • २०७७ मंसिर १६, ११: ३३: २७

इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुृको साथै अन्य करिब...

भर्खरै

TOP