February 27, 2021, Saturday

नेकपा सचिवालय बैठक ‘केक खाँदै’ अनौपचारिक छलफलमै सकियो


नयाँ विकल्प,

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको मंगलबार दिउँसो १ बजे बोलाइएको बैठक महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको जन्म दिनको अवसर पारेर केक खाँदै अनौपचारिक छलफलमै सिमित भएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सचिवालय बैठकमा पेश गरेको भनिएका दुई वटा राजनीतिक प्रस्ताव एक–अर्का अध्यक्षको कमजोरीमाथि टिप्पणी र लाञ्छनामा सिमित भएपछि औपचारिक बैठक नै बस्न सकेको छैन् ।

गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा दाहालले पेश गरेको राजनीतिक प्रस्तावलाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले ‘अराजनीतिक र लाञ्छना पत्र’ भन्दै सचिवालयको पछिल्लो बैठकमा अर्को राजनीतिक प्रस्ताव पेश गरेपछि नेकपाको बिबादले औपचारिकता पाएको हो ।

दुवै अध्यक्षको सहमतिमा मंगलबार दिउँसो १ बजे बोलाइएको बैठकमा माहासचिव विष्णु पौडेलको जन्म दिनको केक काटेर खाएपछि अनौपचारिक छलफल भएको थियो । अनौपचारिक छलफलको प्रक्रिया अघि बढाइने छ र भोली १ बजे औपचारिक बैठक हुन्छ ।

‘मंगलबारको बैठकमा अनौपचारिक छलफल शुरु भएको छ । दुवै अध्यक्ष ओली र दाहालले आ–आफ्नो धारणा राख्नु भयो । अन्यले टिप्पणी सामान्य टिप्पणी गर्नुभयो’, प्रवक्ता नारायणकाजी श्रेष्ठले अनौपचारिक बैठकपछि संचारकर्मीसँग भने ।

दुवै अध्यक्षले पेश गरेको प्रस्तावका साथै र पार्टीको संकटको चुरोको कारण र त्यसको समाधान र निकासका विषयमा गम्भीर छलफल गर्ने काम बाँकी रहेको भन्दै प्रवक्ता श्रेष्ठले साझा प्रस्ताव बनाएर अघि बढ्ने विषयमा छलफल गरेर निष्कर्ष निकाल्ने बेला नभएको टिप्पणी गरे ।

श्रेष्ठले पार्टी एकताको रक्षा गर्दै पार्टीमा देखिएका समस्याको पहिचान गर्दै समाधान गर्ने गरी अघि बढ्ने योजनामा सचिवालय रहेको भन्दै सचिवालयको अर्को बैठक भोली बुधबार दिउँसो १ बजे बस्ने बताए ।

सचिवालयको बैठक पार्टी अध्यक्षद्वयको बिबादका कारण लम्विए पनि मंसिर १८ गते बस्ने स्थायी समितिको बैठक भने स्थगित गर्ने वा सार्ने निर्णय भएको छैन ।

सरकारको अलोकप्रीयता र जनताको बितृष्णा तथा असन्तुष्टि सत्ताप्रति बढ्दै जाँदा देशब्यापी रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रबिरुद्ध निष्किएका जुलुसलाई नेकपाले ‘प्रतिगामी शक्तिले नेपालमा फेरि प्रतिगमनको सफलता प्राप्त गर्ने सपना नदेखेहुन्छ’ भने टिप्पणी गरेको छ ।

नेकपा प्रवक्ता श्रेष्ठले ‘लोकतन्त्रको अभ्यासका क्रमममा केही कमजोरी भएका छन भने त्यसको समिक्षा गरेर अघि बढ्छौं तर, जनताद्धारा बिस्थापित शक्तिले फेरिः पुनस्थापना गर्ने नसोचे भयो’ भनी प्रतिक्रिया दिए ।

पार्टी मुख्यालय धुम्वाराहीमा बस्ने भनिएको सचिवालय बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा गर्नु पर्ने अडान लिएपछि बालुवाटारमै अनौपचारिक बैठक भएको थियो ।

सम्बन्धित समाचार

संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
  • २०७७ मंसिर १६, १७: ०२: ४६

नयाँ विकल्पकाठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । शनिवार चितवन पुगेका सभामुख...

राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक  : नेता सिंह
राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक : नेता सिंह
  • २०७७ मंसिर १६, १७: ०२: ४६

नयाँ विकल्पकाठमाडाैं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ...

पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
  • २०७७ मंसिर १६, १७: ०२: ४६

नयाँ विकल्पकाठमाडाैं- नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सय भन्दा बढी...

भर्खरै

TOP