वासिङ्टन, – कोरोनाभाइरस महामारीबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताकै अवधिमा कोरोना संक्रमणबाट झण्डै १० हजार व्यक्तिको मृत्यु भएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ७७ हजार नाघेको छ । पछिल्ला दिनहरुमा अमेरिकाका विभिन्न राज्य एवं शहरमा कोरोनाभाइरस संक्रमण तिब्र रुपमा फैलिएको छ ।
अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ४१ लाख पुगिसकेको छ जसमध्ये ८३ लाख ३३ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । विश्वभर कोरोना संक्रमणबाट १४ लाख ८६ हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।
विश्वविद्यालयका अनुसार विश्वभर ६ करोड ४१ लाख ९४ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने ४ करोड ४४ लाख ४२ हजार संक्रमणमुक्त भएका छन् । अझै पनि विश्वभर १ लाख ६ हजार व्यक्ति गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहेका छन् ।
नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...
नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...
सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...