March 3, 2021, Wednesday

क्रियासिल सदस्यता टुंगो नलाग्दै पौडेलले भने –कांग्रेस महाधिवेशन फागुन ७ मै सम्भव

Ram Chandra Paudel (NC leader)


नयाँ बिकल्प,

काठमाडौं –
तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशन आगामी फागुन ७ मै गर्न सकिने बताएका छन् ।

काग्रेस केन्द्रीय कार्यालयले क्रियाशील सदस्यता वितरण र नविकरणका लागि पठाएको फारम भरेर सदस्यको विवरण जिल्ला कार्यसमितिले बुझाई नसक्दै नेता पौडेलले सदस्यता वितरण र नवीकरणलाई तीव्रता दिएमा फागुन ७ देखि १४ औं महाधिवेशन सम्भव हुने बताएका हुन् ।

‘क्रियाशील सदस्यताको सूची पाएको डेढ महिनाभित्र महाधिवेशन गर्न सकिन्छ,’ तनहुँमा बुधबार संचारकर्मीसँग पौडेलले भने, ‘तोकिएकै समयभित्र महाधिवेशन गरौं, पार्टीलाई संकटतर्फ जान दिन हुन्न ।’

कांग्रेसको १३ औं महाधिवेशनबाट निर्वाचित बर्तमान केन्द्रीय कार्यसमितिको एक वर्ष थप गरिएको कार्यकाल आगामी फागुनमा सकिँदैछ । त्यसपछि महाधिवेशन गर्ने हो भने कार्यकाल बढाउनुपर्ने हुन्छ । त्यसका लागि कांग्रेसले संविधानको सहारा लिनुपर्ने हुन्छ ।

पार्टी केन्द्रीय कार्यसमितिको हालै बसेको बैठकले मंसिरभित्रै क्रियाशील सदस्यता वितरण र नविकरण टुंग्याउन निर्देशन दिइसकेको छ । जिल्लाले केन्द्रीय कार्यालयमा विवरण पठाए पनि त्यसको उजुरी, माग दाबी र अन्तिम नामावली प्राप्त भएपछि मात्र क्रियाशिल सदस्यताको काम सम्पन्न हुन्छ ।

पार्टीको महाधिवेशनको लागि गाउँ–नगर वडा, गाउँ–नगर, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधिसधा निर्वाचन क्षेत्रको अधिवेशन गर्नै पर्ने बाध्यता छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिको अधिवेशनले मात्र महाधिवेशन प्रतिनिधिहरुको छनोट गर्दछ ।

जिल्ला र प्रदेश अधिवेशन पनि महाधिवेशनअघि नै सम्पन्न गर्नु पर्ने पार्टी विधानमा उल्लेख गरिएको छ । तर समायोजन नसकिएको भन्दै केही जिल्लामा कांग्रेसले क्रियाशील नवीकरण र वितरण गर्न सकेको छैन ।

सम्बन्धित समाचार

प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै
प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै
  • २०७७ मंसिर १७, १३: ५२: ३८

नयाँ विकल्प, काठमाडाैं- संसद बैठक र सरकार गठनबारे रणनीति तय गर्न नेकपाको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बाेलाएकाे छ ।...

अभियान सञ्चालनपछि अनुसन्धानमा सफलता
अभियान सञ्चालनपछि अनुसन्धानमा सफलता
  • २०७७ मंसिर १७, १३: ५२: ३८

नयाँ विकल्प इलाम – रोङ गाउँपालिका–२ बस्ने २८ वर्षीय को प्रितम राई पाँच वर्षपछि प्रहरीको पञ्जामा परे । जबर्जस्ती करणीका...

राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग खाना र पाल माग
राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग खाना र पाल माग
  • २०७७ मंसिर १७, १३: ५२: ३८

नयाँ विकल्प सुर्खेत- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राउटे अगुवा दिलबहादुर शाहीले भेटेका छन् । आफ्ना जनताका लागि खानाको...

भर्खरै

TOP